Home / Feature Breaking news / कोरोनाबाट बेलझुण्डी अस्पतालमा ८ संक्रमितको मृत्यु
सांकेतिक तस्वीर

कोरोनाबाट बेलझुण्डी अस्पतालमा ८ संक्रमितको मृत्यु

दाङ,२८ वैशाख । बेलझुण्डीस्थीत कोरोना बिशेष अस्पतालमा पछिल्लो १९ घण्टामा ८ जना कोरोना संक्रमतिको मृत्यु भएको छ । मृत्यु हुनेमा दुई महिला र ६ जना पुरुषहरु रहेका छने ।

अस्पतालमा सोमबार साँझ ८ः ४५ देखि मंगलबार दिउसो ३ः४५ सम्म घोराही, तुलसीपुर, दंगीशरण र गढवा गाउँपालिकाका ८ जनाको मृत्यु भएको अस्पतालका व्यबस्थापक दोर्ण वलीले जानकारी दिएका छन् ।

अस्पतालका व्यबस्थापक वलीका अनुसार तुलसीपुर उपमहानगरपालिकाका ५ जना, घोराही उपमहानगरपालिका, गढवा र दंगीशरण गाउँपालिकाका १ र १ जनाको मृत्यु भएको हो ।

तुलसीपुर उपमहानगरपालिका १७ निवासी ५० बर्षीय महिला, तुलसीपुर १२ निवासी २७ बर्षीय पुरुष , तुलसीपुर ४ निवासी ७० बर्षीया महिला, तुलसीपुर १९ निवासी ५२ बर्षीय पुरुष, तुलसीपुर ६ निवासी ७६ बर्षीय पुरुष, घोराही उपमहानगरपालिका १३ निवासी ४४ बर्षीय पुरुष, गढवा गाउँपालिका ४ निवासी २५ बर्षीय पुरुष र दंगीशरण गाउँपालिका ३ निवासी ३१ बर्षीय पुरुष रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*