Home / Feature Breaking news / सडकबाट उद्धार गरिएकी महिलाले बच्चा जन्माइन

सडकबाट उद्धार गरिएकी महिलाले बच्चा जन्माइन

दाङ,२८बैशाख । तुलसीपुरको एक अनाथालयमा सडकबाट उद्धार गरिएकी मानसिक बिरामी महिलाले बच्चालाई जन्मदिएकी छिन ।

तुलसीपुरको बसपार्कस्थीत सुर्खेत रोडबाट बैशाख ३ गते उद्धार गरी मानवसेवा आश्रम तुलसीपुरमा राखिएकी क्रान्ति कुमारीले मंगलवार मातातीर्थ औशीका दिन बच्चालाई जन्म दिएकी हुन । सडकबाट उद्धार गरेर आश्रममा ल्याएर राखिएको २५ दिनपछि महिलाले आज मंगलवार विहान आश्रममै छोरालाई जन्म दिएको मानवसेवा आश्रम तुलसीपुर दाङका जिल्ला संयोजक उर्विन सापकोटाले जानकारी दिएका छन् ।

उनका अनुसार अहिले बच्चा र आमाको स्वास्थ्य अवस्था ठिक रहेको छ । सापकोटाका अनुसार ती महिलाले सडकमै बलात्कृत भई बच्चाको जन्म भएको हुन सक्ने बताए । ‘महिलालाई सडकबाट उद्धार गर्दा गर्भवती थिइन । आश्रममा ल्याएर राखेका थियौ’–जिल्ला संयोजक सापकोटाले भने–‘मानवसेवा आश्रमको काखमा आएर बच्चाले जन्म लिएका छन् ।’ महिला मानसिक रुपमा विरामी भएका कारण उनले बच्चा र आफ्नो स्वास्थय अवस्था बारेमा केही थाहा नपाउने गरेको संयोजक सापकोटाले जानकारी दिएका छन् ।

तुलसीपुर उप–महानगरपालिकाका महिला बालबालिका तथा सामाजिक महाशाखा प्रमुख माया श्रेष्ठ र स्वास्थ्य महा शाखाका बिष्णु गिरीले महिला तथा बच्चाका लागि आवश्यक सामग्री प्रदान गर्नुका साथै आफुहरुलाई हौसल्ला प्रदान गर्ने काम गरेको समेत आश्रमले जनाएको छ । सडकआश्रित मानवमुक्त राष्ट्र नेपाल निर्माण एवं घोषणाका लागि मानवसेवा आश्रमले सडक मानिसहरुको उद्धार गर्दे आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*