Home / Feature Breaking news / एमाले लुम्बिनी प्रदेशसभा सदस्य अमरबहादुर डाँगीले दिए राजीनामा

एमाले लुम्बिनी प्रदेशसभा सदस्य अमरबहादुर डाँगीले दिए राजीनामा

दाङ,२२ बैशाख । लुम्बिनी प्रदेशका एमालेतर्फका प्रदेश सभा सदस्य अमरबहादुर डाँगी क्षेत्रीले पदबाट राजीनामा दिएका छन् । दाङ निर्वाचन क्षेत्र नं. २ (ख)  बाट निर्वाचित भएका थिए ।

डाँगीले बुधबार प्रदेशसभा सचिवालयमा राजीनामा पत्र दर्ता गराएको प्रदेशसभाका सचिव दुर्लभकुमार पुन मगरले जानकारी दिएका छन् । डाँगीले हालको बिरामी भएको र हालको राजनीतिक अवस्था देखेर राजीनामा दिएको पत्रमा उल्लेख गरेका छन् ।

यसअघि एमालेका प्रदेश सभा सदस्य कपिलवस्तुका दृगनारायण पाण्डेले पनि राजीनामा दिएका थिए । उनी कांग्रेसमा प्रवेश गरेका छन् ।

नेकपाबाट दाङमा उपचुनाव लडेकी सांसद विमला कुमारी खत्री माओवादी केन्द्रमा प्रवेश गरेकी छिन् । डाँगीले राजीनामा दिएपछि अव लुम्बिनीमा एमालेमा प्रदेश सभा सदस्य घटेर ३८ जना भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*