Home / Feature Breaking news / दाङमा स्कार्पियो दुर्घटना चालकको मृत्यु,थप दुई जना घाइते

दाङमा स्कार्पियो दुर्घटना चालकको मृत्यु,थप दुई जना घाइते

दाङ,२२ बैशाख । रोल्पाको लिबाङबाट दाङको घोराहीतर्फ आउँदै गरेको बा १३ च ८०४८ नम्बरको स्कार्पियो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

घोराही–कमिरेचौर सडक खण्ड अन्तरगत घोराही उपमहानगरपालिका वडा नंं। ४ ओइरेनीमा बुधवार बिहान ७ बजेतिर दुर्घटना हुदा स्कार्पियो चालकको घट्ना स्थलमै मृत्यु भएको हो ।

उक्त दुर्घटनामा थप दुई जना गम्भीर घाइते भएका छन् । दुर्घटनामा मृत्यु हुनेमा घोराही उपमहानगरपालिका १३ निवासी ३४ बर्षीय बिष्णु गिरी रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रबक्ता डिएसपी मुकुन्दप्रसाद रिजालले जानकारी दिएका छन् ।

उनका अनुसार दुर्घटनामा तुलसीपुर उपमहानगरपालिका ४ घरभै घोराही १७ मा बस्दै आएका ३५ बर्षीय राजकुमार थापा र तुलसीपुर १६ निवासी बर्षीय बसन्त भण्डारी गम्भीर घाइते भएका छन् । घाइतेहरुको राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको छ ।

रोल्पाको लिवाङबाट दाङको घोराहीतर्फ आउँदै गरेको बा १३ च ८०४८ नम्बरको स्कार्पियो सडकदेखि झन्डै ५÷६ सय मिटर तर खसेको प्रहरीले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*