Home / Feature Breaking news / अहिले स्कुल बन्द गर्दैनौँ : सञ्चालक

अहिले स्कुल बन्द गर्दैनौँ : सञ्चालक

काठमाडौं । निजी स्कुल सञ्चालकहरुले कोरोनाको त्रास देखाएर अहिले विद्यालय बन्द गर्नुनपर्ने अडान राखेका छन् ।

शिक्षा मन्त्रालयले गरेको छलफलमा सोमबार बिहान उपस्थित भएका प्रतिनिधिहरुले यस्तो धारणा राखेका हुन् ।

शिक्षा मन्त्रालयले अहिले बिहान छलफलका लागि प्याब्सन, ऐन प्याब्सन, अभिभावक संघ, स्थानीय तहका प्रतिनिधिलाई बोलाएको थियो ।

सबैजसोले अहिले विद्यालय बन्द गर्नुपर्ने अवस्था नभएको बताएका थिए ।

प्याब्सनका अध्यक्ष टीकाराम पुरीले अहिले कोरोना देखाएर तर्साइएको भन्दै अवस्था हेरेर बन्द गर्न सकिने विषयमा छलफल भएको बताए ।

तर बन्द नै गर्नुपरेमा कक्षा पाँचसम्म मात्रै बन्द गर्ने उनीहरुको धारणा थियो ।

स्वास्थ्य मन्त्रालयले भने ठूला सहरमा रहेका विद्यालय बन्द गरेर अनलाइन कक्षा सञ्चालनका लागि सिफारिस गरेको थियो ।

यस विषयमा मन्त्रिपरिषद् बैठकले निर्णय गर्नुअघि शिक्षा मन्त्रालयले छलफल गरेको थियो ।

अहिले पछिल्लो समयमा यूके भेरियन्ट भएका संक्रमितमध्ये ११ देखि २० वर्ष उमेर समूहका २२ प्रतिशत रहेको एक तथ्यांकले देखाएको छ ।

१० वर्षमुनिका बालबालिका पनि ४ प्रतिशत संक्रमित रहेका छन् । दुई सातामा २७१ जना बालबालिका संक्रमित भएपछि स्वास्थ्य मन्त्रालयले अनलाइन कक्षा सञ्चालनका लागि सिफारिस गरेको थियो । कोभिड संकट व्यवस्थापन केन्द्रले पनि विद्यालय कम्तिमा पनि तीनसाता बन्द गर्नुपर्ने सिफारिस गरेको थियो । तर सरोकारवालाले भने अहिले विद्यालय बन्द गर्नुनपर्ने बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*