Home / Feature Breaking news / कारागारमा सिप सिकेर कैद कटाउँदै कैदीवन्दी
फाइल तस्वीर

कारागारमा सिप सिकेर कैद कटाउँदै कैदीवन्दी

लिलाधर वली

दाङ,१३ चैत । दाङको घोराही कारागारमा रहेका कैदीबन्दी कैद सजाय कटाउँदै सिप सिकिरहेका छन् । कारागारको समयमलाई सदुपयोसँगै कैद भुक्तानपछि घर फर्कदा जिविकोपार्जनलाई सहज बनाउने उद्देश्यले कारागारभित्रै कैदीवन्दीहरु सिप सिकाउन थालिएको हो ।

कारागारभित्र लामो समय कैद सजाय काटिरहेका कैदीबन्दीहरुले फर्निचर,बेतबासबाट कुर्सी बनाउनेसँगै पछिल्लो समय कम्प्युटर समेत सिक्न थालेका छन् । कारागारभित्रै विगत एक बर्षदेखि अध्ययन गर्दै आएका कैदीबन्दीहरुले दुई महिनादेखि कम्प्युटर सिक्न थालेका हुन ।

रोटरी क्लव दाङले कारागारका कैदीबन्दीहरुका लागि दश थान कम्प्युटर सहयोग गरेपछि कारागारमा रहेका कैदीबन्दीहरुले पढाईसँगै कम्प्युटर सिक्न थालेका घोराही कारागारका जेलर बिष्णुप्रसाद पाण्डेले जानकारी दिएका छन । कारागारमा सजाय भक्तान गरिरहेका कैदीबन्दीहरुलाई सकारात्मक कार्यमा लगाउने उद्देश्यले पढ्नका लागि कम्प्युटरको व्यवस्था गरिदिएको र उनीहरुले मिलाएर सिक्न थालेको उनले बताए ।

उनीहरुलाई सिकाउने पनि कैदीबन्दीभित्रैबाट व्यवस्था गरिदिएको समेत बताए । ‘कारागारभित्रका कैदीबन्दीहरुका लागि हामीले विगत एक बर्षदेखि कक्षा सञ्चालन गर्दै आएका थियौ । उक्त कक्षा अहिले पनि चल्ने गर्दै आएको छ’–जेलर पाण्डेले भने–‘त्यस मध्यका कतिपयले कम्प्युट सिक्ने इच्छा गरेपछि अहिले व्यवस्था मिलाएका छौ ।’

कारागारलाई कैदमिनाह गर्ने स्थलसँगै सिप सिक्ने स्थलका रुपमा विकास गर्ने उद्देश्य अनुसार नै कैदीवन्दीहरुलाई सिपसँगै ज्ञान सिक्ने व्यवस्था मिलाएको जेलर पाण्डेयले बताए । ‘लामो समय कारागारमा बसेको मानिसहरुलाई समाजमा फर्कदा कुनै पनि काम गर्न सहजहोस भन्ने उद्देश्यले विभिन्न तालिमसँगै ज्ञान बढाउने काम गर्दै आएका छौ’–कारागार प्रमुख पाण्डेले भने–‘कम्प्युटर सिक्न पाउँदा कैदीवन्दीहरु धेरै खुशी छन ।’

कारागारभित्रै कम्प्युटर सिक्न पाउँदा उनीहरु उत्साहित समेत देखिएको उनले बताए । ‘कैदीहरुलाई सिप सिकाएर आयआर्जनमा समेत लगाउने गरेका छौ’–उनले भने–‘कम्प्युटर सिकेकाले अहिले टाइपिङको काम गरेर आयआर्जन समेत गर्ने गरेका छन ।’ यसले उनीहरुलाई कैद भुक्तान गरी घर फर्कदा समाजमा पुनस्थापना हुन सहज हुने समेत उनले बताए ।

अहिले घोराही कारागारमा २ सय ७६ जनाकैदीबन्दीहरुले कैद सजाय काटिरहेका छन् । जसमा सवैभन्दा धेरै जवरजस्ती करण मुद्दाका कैदीवन्दीहरु रहेका छन् । कारागारमा जवरजस्ती करणीमा ९३ जना र जवरजस्ती करणी उद्योगमा १२ जना गरी एक सय ५ जना कैदीवन्दीहरुले कैद भुक्तानी गरिरहेका छन् । उनीहरु मध्य जवरजस्ती करणीमा ६० जना कैदी र ३३ जना बन्दी रहेका छन । त्यसैगरी जवरजस्ती करणी उद्योगमा ८ जना कैदी र ४ जना बन्दी रहेका घोराही कारागार प्रमुख पाण्डेले जानकारी दिएका छन् ।

त्यसैगरी कर्तव्य ज्यानमा ५८ जना कैदी र २३ जना बन्दी गरी ८१ जना, लागुऔषधमा १० जना कैदी र ३९ जना बन्दी गरी ४९ जना, सवारी ज्यानमा ६ जना कैदी र ६ जना वन्दी, डाँका चोरीमा २ जना कैदी र एक जना बन्दी,चोरीमा ८ जना कैदी र ६ जना बन्दी कारागारमा रहेका छन् ।

त्यसैगरी अपहरण तथा शरीर बन्धकमा २ जना कैदी र २ जना बन्दी, ज्यान मार्नेमा २ जना बन्दी, वन पैदवार तथा वन्यजन्तु मुद्धामा १ जना कैदी र २ जना बन्दी, बहुविवाह मुद्धामा १ जना कैदी र ३ जना बन्दी,अंगभंगमा दुई जना बन्दी, हातहतियार खरखजना मुद्धामा २ जना बन्दी, आगलागीमा १ जना कैदी र केही साधारण अपराधमा एक जना बन्दी रहेका छन् ।

ठगी मुद्धा र मानव बेचविखन मुद्धामा एक÷एक जना कैदीबन्दीहरु रहेका जेलर पाण्डेले जानकारी दिएका छन् । ७० जना क्षमता रहेको कारागारमा २ सय ७६ जना कैदीबन्दीहरु बस्नुपर्दा समस्या हुने गरेको कैदीबन्दीहरुले बताउने गरेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*