Home / Feature Breaking news / दाङमा कोरोना सतर्कता : भीडभाडका कार्यक्रम गर्न प्रशासनको रोक

दाङमा कोरोना सतर्कता : भीडभाडका कार्यक्रम गर्न प्रशासनको रोक

दाङ,१२ चैत । कोरोना संक्रमण दर बढ्न थालेपछि जिल्ला प्रशासन कार्यालय दाङले जिल्लामा सभा सम्मेलनलगायतका भीडभाडका कार्यक्रमहरु गर्न रोक लगाएको छ ।
प्रमुख जिल्ला अधिकारी दिर्घनारायण पौडेलको अध्यक्षतामा विहीवार बसेको सरोकारवाला निकायको बैठकले बिहीवारदेखि नै लागु हुने गरि सार्वजनिक स्थानमा कुनैपनि प्रकारका भीडभाड हुने कार्यक्रमहरु नगर्न सवैलाई आग्रह गरेको हो ।

विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ को संक्रमणसँगै मृत्युदर पनि छिमेकी देश भारतसँगै अन्य देशहरुमा पनि बढेकाले जिल्लामा सार्वजनिक सभा सम्मेलनलाई रोक लगाउने निर्णय भएको सहायक प्रमुख जिल्ला अधिकारी चिरिन्जीवि रानाद्वारा हस्ताक्षर गरिएको विज्ञप्तिमा भनिएको छ । उनले यसअघि सभा सम्मलेन गर्नको लागि अनुमति वा सहमति लिएको भएपनि अबदेखि त्यस्ता सहमति रद्द गरिएको समेत विज्ञप्तिमा उल्लेख गरिएको छ ।

नेपाल– भारत खुल्ला सीमाना क्षेत्र जिल्लामा रहेको हुँदा भारतमा पुनः कोभिड १९ को संक्रमन फैलिनु र मृत्यु दरपनि बढेको हुँदा सबैले साबधानी अपनाउन जरुरी रहेको हुँदा सभा सम्मेलन गर्न रोक लगाउनु परेको सहायक प्रमुख जिल्ला अधिकारी रानाले बताए । विज्ञप्तिमा कोभिड संक्रमणबाट बच्नका लागि अनिवार्य रुपमा स्वास्थ्य मापदण्ड अपनाउन आग्रह गरिएको छ । साथै साबुन पानीले हात हुने, मास्क लगाउन, स्यानीटाईजर प्रयोग गर्न समेत सर्वसाधारण जनतालाई आग्रह गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*