Home / Feature Breaking news / सडक र पार्कमा ४८ करोड बजेट

सडक र पार्कमा ४८ करोड बजेट

अरमराज आचार्य

दाङ, १२ चैत । चालु आर्थिक वर्ष २०७७÷०७८ मा जिल्लाका सडक तथा पार्कका लागि ४८ करोड बजेट खर्च गरिने भएको छ । संघन शहरी तथा भवन निर्माण आयोजना दाङमार्फत चालु आर्थिक वर्षमा उक्त रकम खर्च गरिने भएको हो । सडक तथा पार्क निर्माणका लागि क्रमागत योजना तथा नयाँ योजना गरी ४८ करोड बजेट रहेको आयोजनाका प्रमुख सचिन्द्रकुमार देवले बताए ।

अहिले योजनाको काम सुरु भइराखेका छन् । संघन शहरी तथा भवन निर्माण आयोजना दाङमार्फत शान्ति पार्क पूर्वाधार निर्माण लमही नगरपालिका वडा नं. ५ का लागि १ करोड ८० लाख, घोराही उपमहानगरपालिका प्याकेज १ नारायणपुर पुरानो गाविस भवनदेखि नारेवाङ, सर्रा–सौडियार, नारायणपुर प्रहरी चौकीदेखि दक्षिणतर्फ हँुदै थारुगाउँ सडक निर्माण कार्य मुख्य शहरी पूर्वाधार योजनाहरु १५ करोड, घोराही उपमहानगरपालिका प्याकेज ३ बीपी मार्ग वालिमखोला, सिमलतारा, प्रहरी बोर्डिङ, खिरटिया–मालपोत, सैनिक व्यारेक हुँदै भरतपुर, झिगौरा आश्रम, गोरखा अस्पताल हुँदै भेटनरी, ल्यानफिल साइड, बाहुनडाँडा, चोक हुँदै, लेटार रतनपुर चोक, अटोभिलेज, तेरौटे स्कुल बासबोट, सडक ढल, बसपार्क, चोक सुधारसम्बन्धी निर्माण कार्यका लागि १५ करोड, घोराही उप महानगरपालिका प्याकेज २ बासकोट, वासगजेरी आँखा अस्पताल सडक निर्माण तथा सडक स्तरोन्नतिका लागि ६ करोड बजेट भएको प्रमुख देवले बताए ।

त्यसैगरेर ठूला शहरी कोरिडोरको पूर्वाधार (लमही, घोराही, तुलसीपुर, अमिलिया) नारायणपुर खण्डमा ५० लाख, ठूला शहरी कोरिडोरहरुको पूर्वाधार विकास (लमही, घोराही, तुलसीपुर, अमिलिया) दूधरास खण्डका लागि ५० लाख, ठूला शहरी कोरिडोरहरुको पूर्वाधार विकास (लमही, घोराही, तुलसीपुर, अमिलिया) पर्सेनी खण्डको लागि ५० लाख, ठूला शहरी कोरिडोरहरुको पूर्वाधार विकास (लमही, घोराही, तुलसीपुर, अमिलिया) टरिगाउँ खण्डको लागि ५० लाख, तुलसीपुर उपमहानगरपालिका ६ राप्ती बबई क्याम्पसदेखि ग्वारखोलासम्मको सडक–प्रथम तथा दोस्रो चरणसमेतको ८० लाख बजेट छ ।

त्यसैगरेर तुलसीपुर उपमहानगरपालिका १६ साइपुरदेखि ग्वारखोलासम्मको सडक–प्रथम तथा दोस्रो चरणसमेत गरी ८० लाख, तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ चाँदनी टोल उत्तर–दक्षिण सडक तथा नाली निर्माण ३० लाख, तुलसीपुर उपमहानगरपालिका हात्तीखौवा चोकदेखि सम्झना टोल, झमरिया चोक सडक स्तरोन्नतिका लागि ९० लाख, घोराही उपमहानगरपालिका ७ नापीडाँडादेखि सिसहनिया सडक स्तरोन्नतिको लागि ९० लाख, लमही–८ राप्ती मावि सतवरियादेखि फच्नेपुर–गिधनिया रिङरोड नालासहितको कालेपत्रे सडकका लागि ५० लाख, घोराही–१३ डवरडिगा–मंगरेली हुँदै रमनासम्म सडक स्तरोन्नतिका लागि ९० लाख, तुलसीपुर ६ कमलपोखरी गोलौरा आदर्श स्कुल रोड पक्की नाला र कालोपत्रे कार्य २० लाख, घोराही १५ उन्नतिनगर हुँदै आनन्दपुर टोलदेखि मालपोतसम्म दोहोरो नाला निर्माण कार्य २५ लाख छ ।

घोराही १५ विकास नगर टोलदेखि कपासी हुँदै हाइवे जोड्ने बाटो पक्की नाला र कालोपत्रे कार्यका लागि २५ लाख, घोराही १५ कस्तुरी टोलमा पक्की नाला र कालोपत्रेको लागि २५ लाख, घोराही १५ पद्मोदय टोलमा दोहोरो पक्की नाला र कालोपत्रे कार्यका लागि २५ लाख, घोराही–१ मसिना नागेश्वर मन्दिरदेखि फुर्सेखाली जाने सड्कका लागि २० लाख रुपैयाँ छ ।

त्यसैगरेर तुलसीपुर कमलपोखरी गोलौरा, राइखल्यान सडक तथा नाला निर्माणका लागि ५० लाख, हरिचौर, सल्यान सडकका लागि २० लाख, नगरपालिका आवधिक योजना कार्यान्वयन तुलसीपुर ४ गौरीशंकर टोलमा सडक स्तरोन्नतिका लागि ५० लाख बजेट भएको कार्यालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*