Home / समाचार / पद्मोदयद्वारा स्थापना दिवस मनाउन सुरु

पद्मोदयद्वारा स्थापना दिवस मनाउन सुरु

दाङ, ६ चैत । जिल्लाको सबैभन्दा पुरानो स्कुल पद्मोदय पब्लिक नमुना माध्यमिक विद्यालयले आफ्नो ७५आंै स्थापना दिवस मनाउन सुरु गरेको छ । विद्यालयले शुक्रवार विविध कार्यक्रमको आयोजना गरी हिरक स्थापना दिवस मनाउने सुरु गरेको हो ।

विद्यालयले हिरक स्थापना दिवसको पहिलो दिन विद्यालय परिसरमा वृक्षारोपन, रक्तादान र लागूऔषध दुव्यर्सनी कार्यक्रम सम्पन्न गरेको छ । विद्यालयका प्रधानाध्यापक रामप्रसाद जैशी, प्रेस काउन्सिल नेपालका पूर्व अध्यक्ष नारायणप्रसाद शर्मा, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शिवकमार आचार्यलगायतको उपस्थितिमा वृक्षारोपन गरेर विद्यालयको स्थापना दिवस मनाउन सुरु गरिएको कार्यक्रम संयोजक शिक्षक गणेशदत्त भट्टले बताए ।

त्यसैगरी स्थापना दिवसका अवसरमा विद्यालयले रक्तदान कार्यक्रम समेत सम्पन्न गरेको छ । नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार केन्द्र घोराहीको प्राविधिक सहयोगमा गरिएको रक्तदान कार्यक्रममा विद्यालयका शिक्षक, अभिभावक र विद्यार्थी गरी १ सय ३७ जनाले रक्तदान गरेका थिए । शिक्षकहरु मिनराज घिमिरे, चूडामणी आचार्य, गणेश गौतम, गणेशदत्त भट्ट, प्रभात पोख्रेल, केदार पाठक, सुशील अधिकारी, गीता शर्मा, देवेन्द्रसिंह ठकुरी, भक्तिराम बसेल, युवराज अधिकारी, लोकबहादुर बस्नेत, आराधना सिंह ठकुरी, मिनेश श्रेष्ठ र जग्गादाता शंकर गौतमलगायतले रक्तदान गरेका थिए ।

विद्यालयको स्थापना दिवसका अवसरमा विद्यालयले समुदायसँग विद्यालय कार्यक्रम अन्तर्गत शुक्रवार विद्यालयमा लागूपदार्थ दुव्र्यसनी न्यूनीकरणसम्बन्धी छलफल कार्यक्रम गरेको छ । कार्यक्रम संयोजक गणेशदत्त भट्टको अध्यक्षता तथा विद्यालयका प्रधानाध्यापक रामप्रसाद जैशीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा विद्यार्थीहरुलाई लागूपदार्थ दुव्यर्सनी भनेको के हो ?

त्यसले पार्ने असर, त्यसबाट बच्न सकिने र लागूपदार्थ दुव्यर्सनी प्रयोग, बिक्री वितरण वा ओसार–पसारमा संलग्न भए हुने कानुनी कारबाहीका बारेमा नार्कोनन नेपालका लुम्बिनी प्रदेश संयोजक बसन्त पुन, जिल्ला प्रहरी कार्यालय दाङका असई सौभाग्य डाँगीले जानकारी गराएका थिए । कार्यक्रममा करिब डेढ सयबढी शिक्षक तथा विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*