Home / Feature Breaking news / उपाध्यक्षको दबाबमा जबरजस्ती मीलापत्र कागज

उपाध्यक्षको दबाबमा जबरजस्ती मीलापत्र कागज

दाङ, ४ चैत

दाङको एक गाँउपालिकाले गाडीमा क्षति गरिदिएको भन्दै एक व्यक्तीलाई गाडी मर्मतकालागी जबरजस्ती कागज गराएको छ ।

जिल्लाको बगलाचुली गाँउपालिकाको गाडीमा क्षति पु¥याएको भन्दै बंगलाचुली गाँउपालिकाले गाडीमा क्षति पुगेको भन्दै मोटरसाईकल चालकलाई गाडी मर्मतकालागी भन्दै प्रहरीमा लगेर जबरजस्ती कागज गराईएको छ ।

बंगलाचुली गाँउपालिका उपाध्यक्ष यमुना घर्ति चढेको गाडीमा मोटरसाईकलको टायरले ढुंगा उच्छुट्टीएर गाडीमा लागेको आरोप लगाईएको मोटरसाईकल चालक पवन यादवले जानकारी दिनुभयो ।

जिल्लाको गढवा गाँउपालिका वडा नम्बर ७ शान्तिपुरबाट गढवा फर्कने क्रममा आफू गाडीलाइ ओभरटेक गरेर आएको र कार्यालयमा आएको केही समयपछि प्रहरी आएर आफूलाई ईप्रका गढवामा लगेर जबरजस्ती कागज गराईएको यादवले जानकारी दिनुभयो ।

‘म कार्यालयको कामले फिल्ड गएको थिए, फिल्डबाट फर्केर कार्यालयमा पुगेको थिए । एक्कासी प्रहरी आएर मलाई ईप्रकामा हिड्नुस् भन्दै लगेर गयो ।’ यादवले भन्नुभयो– ‘ईप्रका गढवामा बंगलाचुली गाँउपालिका उपाध्यक्ष र गढवा गाँउपालिका उपाध्यक्षको दबाबमा प्रहरीले मलाई जबरजस्ती गाडी मर्मत गर्ने भन्दै कागज गराएको हो ।’ यादवले आफूलाई झुठो आरोप लगाएर कागज गराईएको बताउनुभयो । ‘मोटरसाईकलको टायरले ढुंगा त्यसरी जोडसँग गएर गाडीमा ठोक्कीने हुदैन । मैले चलाएको मोटरसाईकलबाट ढुंगा उच्छट्टीएको मलाई थाहा हुदैन र ?’ यादवले भन्नभयो– ‘पावरमा छु भनेर प्रहरीलाई दबाबमा राखेर मलाई जबरजस्ती कागज बनाईएको छ।’

यादव कार्यरत जाल्पा लघुवित्त वित्तीय संस्था लि.का प्रमुख पुष्पा पुलामीले कार्यालय कक्षमै आएर प्रहरीले कर्मचारीहरुलाई नियन्त्रणमा लिएर गएको बताउनुभयो ।

‘गाँउपालिकाको उपाध्यक्ष चढेको गाडीमा क्षति भयो भनेर हाम्रो स्टाफलाई कार्यालयमै आएर लगेको हो । जानकारी बिना कार्यालयभित्रै आएर जबरजस्ती लैजान मिल्छ ?’ उहाँले भन्नुभयो– ‘उपाध्यक्ष हुँ भन्दैमा सर्वसाधारणलाइृ दुःख दिने काम गरिएको छ । प्रहरीले पनि दबाबमा परेर गाडी मर्मतकालागी जबरजस्ती कागज गराएको छ । यो हामीलाई मान्य छैन ।’ उहाँले गाडीमा क्षति भएपनि गाँउपालिकाले मर्मत गर्न सक्ने, बीमा रकमले मर्मत गर्न सकिने भएपनि पावरको दुरुपयोग गर्दै बंगलाचुली गाँउपालिकाको उपाध्यक्ष र गढवा गाँउपालिका उपाध्यक्षले जबरजस्ती कागज गराएको बताउनुभयो ।

बंगलाचुली गाँउपालिकाका उपाध्यक्ष यमुना घर्तिले आफू चढेको गाडीमा मोटरसाईकलको टायरले ढुंगा उच्छट्टीएर शीसामा क्षति पुगेकाले ईलाका प्रहरी कार्यालयमा दुबै पक्षले खर्च बेहोर्ने गरि कागज गरिएको बताउनुभएको छ ।

ईलाका प्रहरी कार्यालय गढवाले घटना भएको जानकारी पाएपछि ईप्रकामा उपस्थित गराएर छलफल गराई सहमतिमा कागज गराईएको बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*