Home / Feature Breaking news / अबको निकास निर्वाचन : शेखर कोइलारा

अबको निकास निर्वाचन : शेखर कोइलारा

दाङ, ४ फागुन ।नेपाली कांग्रेसका महामन्त्री डा. शेखर कोइरालाले देशका लागि अबको निकास भनेको निर्वाचन भएको बताएका छन् ।

नेपाल प्रेस युनियनले दाङले घोराहीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै नेता कोइरालाले देशलाई जटिल परिस्थितिबाट निकास दिनका लागि निर्वाचन गराउनुपर्ने बताएका हुन् ।

नेता कोइरालाले अबको निकासका लागि निर्वाचनको विकल्प अरु नभएको बताएका हुन् । यसअघि सरकारले घोषणा गरेको निर्वाचन संविधानविपरीत भएकाले कांग्रेसले विरोध गर्नुपरेको बताएका थिए । ‘देशलाई अप्ठेरो परिस्थितिबाट निकास दिनका लागि अबको बिकल्प भनेको निर्वाचन हो’, केन्द्रीय सदस्य कोइरालाले भने– ‘निर्वाचनका लागि दलहरु मिलेर उपयुक्त समय छान्नुपर्छ ।’ उनले निर्वाचन बहुमतको सरकारले गर्न नमिल्ने भएकाले दलहरु मिलेर अल्पमतको सरकार गठन गनुपर्ने समेत बताए ।

नेता कोइरालाले निर्वाचनका लागि मंसिर वा चैत उपयुक्त समय हुने बताए । निर्वाचनका लागि चुनावी सरकारको नेतृत्व कांग्रेसले नै गर्न उपयुक्त हुने बताएका हुन् । त्यसका लागि कांग्रेसले पार्टीको महाधिवेशनको मितिलाई ध्यान राख्नुपर्ने समेत बताए । ‘नेपालको परिस्थितिमा कम्युनिष्टले निर्वाचन गराएको घटनाहरु छैनन्, उनीहरुले सकेसम्म निर्वाचन गराउन चाहदैनन्’, नेता कोइरालाले भने– ‘त्यसैले कांग्रेसले पार्टीको महाधिवेशनलाई ध्यानमा राखेर निर्वाचनको मिति तय गर्नुपर्छ ।’

पत्रकार भेटघाट नेपाल प्रेस युनियनका जिल्ला अध्यक्ष सन्तोष सुवेदीको अध्यक्षतामा भएको थियो । उपाध्यक्ष देव यादवको स्वागत मन्तव्यवाट सुरुभएको कार्यक्रमको सहजीकरण सचिव आर के शीतलले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*