Home / Feature Breaking news / प्लस टु र एसईई उतीर्ण विद्यार्थीलाई सम्मान

प्लस टु र एसईई उतीर्ण विद्यार्थीलाई सम्मान

घोराही, २६ फागुन

नेपाल महिला सामुदायिक सेवा केन्द्रले संस्थाको सहयोगमा अध्ययनरत विद्यार्थीहरुलाई सम्मान गरेको छ । केन्द्रको सहयोगमा शिक्षामा सहयोगमा अध्ययन गर्दै आएका विद्यार्थीहरुलाई सम्मान गरेको हो । केन्द्रले वुधवार घोराहीमा एक कार्यक्रमको आयोजना गरि प्सल टु र एसईईमा उतिर्ण विद्यार्थीहरुलाई सम्मान गरेको हो ।

केन्द्रका अध्यक्ष कल्पना न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा प्लस टु उतीर्ण ८ जना र एसईई २०७७ मा उतीर्ण २३ जना विद्यार्थीहरुलाई सम्मान गरिएको हो । विद्यार्थीहरुलाई टिका, खादा र पंशसापत्रले सम्मान गरिएको थियो ।

नेपाल महिला सामुदायिक सेवा केन्द्रले प्रजातन्त्र तथा विकास केन्द्रको सहकार्यमा दाङ लगायत छिमेकी जिल्लाका ७ सय बढि बालबालिकाहरुलाई शिक्षामा निरन्तर सहयोग गर्दै आएको शसक्तीकरणकालागि शिक्षा सहयोग कार्यक्रमका कार्यक्रम प्रमुख एवं नेपाल महिला सामुदायिक सेवा केन्द्रका सामाजिक विकास अधिकृत लक्ष्मी गुप्ताले जानकारी दिनुभयो ।

कार्यक्रममा नेपाल महिला सामुदायिक सेवा केन्द्रका उपाध्यक्ष विष्णु गिरी, विद्यार्थीहरु मनकुमारी चौधरी, सुजाता चौधरी, प्रमीला चौधरी, अर्पना चौधरी, सुस्मीता परियार, नीशा डाँगी, प्रशंसा लम्साल लगायतले भनाई राख्नुभएको थियो । कार्यक्रममा बोल्ने विद्यार्थीहरुले नेपाल महिला सामुदायिक सेवा केन्द्रको सहयोगमा आफूहरुले शिक्षा आर्जन गर्न पाएको भन्दै संस्थाप्रति कृतज्ञता व्यक्त गरेका थिए । कार्यक्रमका सहजिकरण नेपाल महिला सामुदायिक सेवा केन्द्रका सामाजिक विकास अधिकृत लक्ष्मी गुप्ताले गर्नुभएको थियो ।

शसक्तीकरणकालागी शिक्षा सहयोग कार्यक्रमकालागी हाल लण्डनमा रहनुभएका श्रीया गिरी र शीला विजया नन्दले थप आर्थिक सहयोग गर्नुभएको कार्यक्रम प्रमुख लक्ष्मी गुप्ताले जानकारी दिनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*