Home / Feature Breaking news / महिला शान्ति र सुरक्षा कार्यक्रमबारे अभिमुखीकरण

महिला शान्ति र सुरक्षा कार्यक्रमबारे अभिमुखीकरण

घोराही, २३ फागुन

नेपाल महिला सामुदायिक सेवा केन्द्र दाङ र नागरिक आवाज ललितपुरको सहकार्यमा दाङ जिल्लामा सञ्चालन भएको महिला शान्ति सुरक्षा कार्यक्रमबारे अभिमुखीकरण कार्यक्रम आईतवार घोराहीमा सम्पन्न भएको छ । द्वन्दपिडीत महिलाहरुकालागी सञ्चालित ‘महिला शान्ति र सुरक्षा’ कार्यक्रमबारे जिल्लाका सरोकारवालाहरुसँग अभिमुखीकरण गरिएको हो ।

नेपाल महिला सामुदायिक सेवा केन्द्रका अध्यक्ष कल्पना न्यौपानेको अध्यक्षता एवं जिल्ला समन्वयव समितिका संयोजक जितेन्द्रमान नेपालीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा नेपाल महिला सामुदायिक सेवा केन्द्रको परिचय र संस्थागत क्रियाकलापबारे संस्थाका मुख्य व्यवस्थापक पवन योगीले जानकारी गराउनुभएको थियो । कार्यक्रममा सन् २०२० मा गरिएका क्रियाकलापकहरुको समीक्षा गरिएको थियो भने सन् २०२१ र २०२२ मा हुने क्रियाकलापबारे महिला शान्ति र सुरक्षा कार्यक्रम प्रमुख रमेश केसीले जानकारी गराउनुभएको थियो ।

कार्यक्रम अन्तरगत घोराहीमा शान्ति केन्द्र स्थापना गरेर द्वन्दपिडीत एवं अन्य महिलाहरुलाई नियमीत मनोविमर्श सेवा प्रदान गरिएको कार्यक्रममा जानकारी गराईएको थियो ।

सन् २०२० मा दाङमा २५ जना द्वन्दपिडीत महिलाहरु कार्यक्रममा आवद्ध भएको र उनीहरुलाई नियमीत मनोविमर्श सेवाका साथै मानसिक र शारिरिक उपचारमा सहयोग गरिएको छ । निममीत पीस सर्कलमा सहभागी भएर महिलाहरुले आफ्नो कथा अनुभव आदानप्रदानसँगै मनोसामाजिक सेवाबाट उनीहरुको सोचाई, व्यवहार, धारणा र शारिरिक प्रतिक्रीयामा परिवर्तन आएको कार्यक्रम प्रमुख केसीले जानकारी दिनुभयो ।

यस्तै १५ जनालाई मानसिक रोग विशषज्ञबाट चेकजाँच गरि औषधी उपचारमा सहयोग र ४ जना महिलाहरुलाई प्रजनन् स्वास्थ्यमा सहयोग गरिएको छ । उपचारपश्चात केही पूर्ण रुपमा सञ्चो भएको र अन्यको अवश्था सुधारोन्मुख रहेको उहाँले जानकारी दिनुभयो । गत वर्ष दाङका २२ जना महिलाहरुलाई विभिन्न व्यवसायीक तालिमहरु प्रदान गरिएको र उनीहरुमध्य धेरैले व्यवसाय सुरु गरिसकेको कार्यक्रममा जानकारी गराईएको थियो । कार्यक्रमले लक्षीत गरेका महिलाहरुको ७ जना बालबालिकाहरुको शिक्षामा सहयोग गरिएको र दुई जना महिलाहरुको घर निर्माणमा आर्थिक सहयोग गरिएको छ । यसैगरि एक वर्षको अवधीमा शारिरिक समस्या जस्तै मानसिक समस्याबारे सबै जानकार हुन आवश्यक रहेकाले मनोसामाजिक सचेतना कार्यक्रमहरु सञ्चालन गरिएको कार्यक्रमका मनोसामाजिक मनोविमर्शकर्ता लक्ष्मी ढकालले जानकारी दिनुभयो ।

कार्यक्रममा बोल्ने वक्ताहरुले द्वन्दको समयमा महिलाहरुले पुरुषहरुको भन्दा धेरै पीडा भोगेको र सोही पीडाका कारण अझैपनि मानसिक समस्या भोगिरहेकाले उनीहरुको स्वास्थ्यमा केन्द्रित यो कार्यक्रमले महिलाहरुको स्वास्थ्य र आर्थिक सशक्तीकरणमा उल्लेख्य काम गरेकाले यसलाई निरन्तरता दिन अनुरोध गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समितिका संयोजक सजतेन्द्रमान नेपालीले राज्य र संस्था मिलेर द्वन्दपिडीतहरुको समस्या समाधानकालागी लाग्नुपर्ने बताउनुभयो । नितिमा धेरै कानुन बनेपछि त्यसको कार्यान्वयनकालागी सबै गम्भीर बनेर लाग्नुपर्ने बताउनुभयो । राज्यलाई समृद्ध नेपाल बनाउन द्वन्दपिडीत महिलाहरुलाई मह्लमपट्टि लगाउनकालागी स्थानीय सरकार र गैरसरकारीसंस्थाहरु हातेमालो गरेर अगाडी बढ्न आवश्यक रहेको उहाँको भनाई थियो ।

घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले सरकारलाई सहयोग पुग्ने गरि महिला शान्ति र सुरक्षा कार्यक्रमले काम गरिरहेको बताउनुभयो । साथै महिलाहरुको जिविकोपार्जनकालागी उदाहरणीय कार्य नेपाल महिला सामुदायिक सेवा केन्द्रले गरिरहेकोमा प्रशंशा व्यक्त गर्नुभयो । दंगिशरण गाँउपालिकाका अध्यक्ष भागिराम चौधरीले द्वन्दपिडीतहरुका् तथ्यांक लिएर कार्ययोजना तयार गरि काम गर्ने तयारीमा रहेको बताउनुभयो । शान्तिको क्षेत्रमा काम गर्ने संघसंस्थाहरुसँगको समन्वयमा काम गर्ने उहाँले जानकारी गराउनुभयो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक मुकुन्दप्रसाद रिजालले महिलाहरुको सुरक्षाको क्षेत्र आईपर्ने समस्या समाधानकालागी नेपाल प्रहरी सधै तयार रहेको बताउनुभयो । सुरक्षा र न्यायको विषयमा सहकार्य गरेर अगाडी बढ्न उहाँले अनुरोध पनि गर्नुभयो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका सचिव भुपेन्द्र वली, घोराही उपमहानगरपालिका वडा नम्बर १७ का अध्यक्ष खुशीराम चौधरी, दंगिशरण गाँउपालिका वडा नम्बर १ का अध्यक्ष श्रीप्रसाद चौधरीले मानसिक समस्याबारे सचेतना फैलाउन आवश्यक रहेको बताउनुभयो ।

महिला शान्ति र सुरक्षा कार्यक्रमका प्रशासनिक सहायक सरस्वति चौधरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण मनोसामाजिक मनोविमर्शकर्ता लक्ष्मी ढकालले जानकारी दिनुभयो । नेपाल महिला सामुदायिक सेवा केन्द्र र नागरिक आवाज ललितपुरको सहकार्यमा दाङ र रोल्पा जिल्लामा द्वन्दपिडीत महिलाहरुकालागी महिला शान्ति र सुरक्षा कार्यक्रम सञ्चालनमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*