Home / Feature Breaking news / देशलाई आत्मनिर्भर र स्वाधीन बनाउन सहमति : विप्लव

देशलाई आत्मनिर्भर र स्वाधीन बनाउन सहमति : विप्लव

काठमाडौं, २१ फागुन । नेकपा महासचिव नेत्रविक्रम चन्दले सरकारसँग भएको तीन बुँदे सहमतिमा देशलाई आत्मनिर्भर र स्वाधीन बनाउने सपना रहेको बताएका छन्।

उनले देशमा दीर्घ शान्ति, समृद्धिको आकांक्षा पनि यो सहमतिमा रहेको बताएका छन्। ‘यो सहमति केवल नेपाल सरकार र नेपालीबीचको मात्र हैन, पार्टीको कुरा पनि हैन, केही नेताहरूको मात्र कुरा हैन,’ उनले भने।

उनले कम्युनिष्टहरू विद्रोहमात्र गर्दैनन् भन्दै कम्युनिष्टहरू शान्तिका दूत पनि भएको बताए। ‘सबै उत्पीडितलाई जनताको न्यायपूर्ण समाज बन्ने विचार, दृष्टिकोण बन्छ भने सहमति हुन्छ, हामी पालना गर्छौं,’ उनले भने।

उनले सामाजिक रुपान्तरण अझै पुगेको छैन भन्दै घाम र जुनको पनि भेट हुने तर्क गरे। ‘गाउँमा बस्दै गर्दा सहिद आमाले टिका लगाइदिनुभयो। र, एउटा उहाँले भन्नभयो – आजसम्म धेरैका इच्छा पूरा भए तर सहिदको चाहना पूरा भइसकेको छैन। नेपालका जनताको चाहना पूरा भएको छैन। हामी दुस्ख गरिखाने नेपालीको चाहना पूरा भएको छैन। त्यसैले, तपाईंहरू त्यहाँ हस्ताक्षर गर्दा यो सम्झेर गर्नुहोला,’ उनले भने, ‘म विश्वास दिलाउन चाहन्छु, सहिदको सपना पूरा हुन्छ।’

उनले जतिबेला अन्याय हुन्छ त्यसबेला कम्युनिष्टहरूले विद्रोह गर्ने भन्दै हाम्रा मान्यता र आकांक्षामा धावा बोले विद्रोह हुने गरेको बताए। हिजो पनि संविधान लेखन र संसदीय व्यवस्था पूँजीवादी व्यवस्थामा सहमत नभएको भन्दै उनले विद्रोह गरेको सम्झिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*