Home / Feature Breaking news / पद्मोदय पब्लिक नमुना माविले हिरक स्थापना दिवस मनाउने

पद्मोदय पब्लिक नमुना माविले हिरक स्थापना दिवस मनाउने

दाङ, २० फागुन । घोराही उपमहानगरपालिका–१५ भरतपुरमा रहेको यस क्षेत्रकै सबैभन्दा पुरानो विद्यालय पद्मोदय पब्लिक नमुना माध्यमिक विद्यालयले आफ्नो स्थापना दिवस विभिन्न कार्यक्रम गरी मनाउने भएको छ ।

२००४ गंगादशहराका दिन स्थापना भएको पद्मोदय पब्लिक नमुना माध्यमिक विद्यालयलले स्थापना भएको ७५ वर्षमा प्रवेश गरेको अवसरमा यस वर्ष आफ्नो हिरक स्थापना दिवस मनाउन लागेको हो ।

समुदायको प्रयासबाट स्थापना भएको यो विद्यालयले सामुदायिक स्तरमा समेत विभिन्न रचनात्मक कार्यक्रमहरु गर्दै आफ्नो हिरक स्थापना दिवस मनाउन थालेको विद्यालयका शिक्षक सुदीप गौतमले जानकारी दिएका छन् । विद्यालयले शुभ हिरक स्थापना दिवस मनाउनका लागि समुदायस्तरका व्यक्तिहरुलाई समेटेर विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शिवकुमार आचार्यको संयोजकत्वमा मुल समारोह समिति गठन गरेको मुल समारोह समितिका सदस्य सचिव समेत रहेका विद्यालयका प्रधानाध्यापक रामप्रसाद जैशीले जानकारी दिएका छन् ।

प्रधानाध्यापक जैशीकाअनुसार समारोह समितिको छिट्टै बैठक बसेर विभिन्न उपसमितिहरु गठन गरी कार्यक्रमलाई व्यवस्थित गरिने बताए । हिरक स्थपना दिवस तीन महिनासम्म विविध कार्यक्रम आयोजना गरेर मनाइने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं मुल समारोह समितिका संयोजक आचार्यले जानकारी दिएका छन् । आचार्यकाअनुसार विद्यालयले यही चैत्र ६ गतेबाट विभिन्न कार्यक्रमहरु गर्दै २०७८ साल असार ६ गते गंगा दशहराका दिन विशेष कार्यक्रमको आयोजना गरी स्थापना दिवस मनाइने छ ।

विद्यालयले हिरक स्थापना दिवसका अवसरमा इतिहासको खोजी, दाताहरुलगायतलाई सम्मान गर्ने जनाएको छ । साथै स्थापना दिवसका अवसरमा विद्यालयले दाङ जिल्लाको शैक्षिक तथा सामाजिक विकासमा विद्यालयले पु¥याएको योगदानको चर्चा एव थप सामुदायिक गतिविधि गर्ने विद्यालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*