Home / Feature Breaking news / नापतौल शिविरमा ३ सय ७७ जनाले सेवा लिए

नापतौल शिविरमा ३ सय ७७ जनाले सेवा लिए

दाङ, २० फागुन । दाङ जिल्ला उद्योग वाणिज्य संघको आयोजनामा भएको नापतौल शिविरमा ३ सय ७७ जनाले सेवा लिएका छन् । फागुन १४ गतेबाट आयोजना गरिएको शिविरमा ३ सय ७७ जनाले सेवा लिएको दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष टंकसिंह बुढाथोकीले बताए ।

नापतौल शिविरमा व्यवसायीहरुले आफ्ना ढक, तराजु, मिटरको चेकजाँच गराएका थिए । जिल्लामा नाप–तौलको कार्यालय नहुँदा व्यवसायीहरुलाई नेपागञ्ज जानुपर्ने बाध्यता भएकाले व्यवसायीहरुलाई सहज सेवा दिनका लागि उद्योग वाणिज्य संघले शिविरको आयोजना गरेको दाङ उद्योग वाणिज्य संघका अध्यक्ष बुढाकोकीले बताए । ‘हामीले व्यवसायीहरुलाई सहज सेवा दिने उद्देश्यले यस प्रकारको शिविरको आयोजना गरेका हौं’, अध्यक्ष बुढाथोकीले भने– ‘लामो समयको प्रयासपछि दाङमा नापतौलको शिविर सञ्चालन गरिएको छ ।’

शिविरमा नाप–तौलका वस्तु परीक्षण गर्न पाएपछि उनीहरुलाई नेपागञ्जसम्म जाने समय तथा पैसासमेत बचत भएको व्यवसायीले बताएका छन् । उद्योग वाणिज्य संघले हरेक २ वर्षमा यस प्रकारको शिविर सञ्चालन गर्दै आएको संघका महासचिव महेन्द्र बुढाथोकीले बताए । शिविरमा सुनचाँदी व्यवसायी, गल्ला व्यवसायी, मिल व्यवसायी, काचो कपडा व्यवसायी, हार्डवेयर व्यवसायीहरुले सेवा लिएको महासचिव बुढाथोकीले बताए ।

समयमै ढक, तराजु तथा मिटर परीक्षण नगराउँदा व्यवसायीहरुले जरिवाना तथा कैदसम्म हुने कानुनी व्यवस्था रहेको छ । तर चेकचाँचका लागि राप्तीका कुनै पनि जिल्लामा यसको कार्यालय छैन । ‘शिविर सञ्चालन गर्नका लागि पटक–पटक पहल गरे पनि गुणस्तर तथा नापतौल कार्यालय नेपालगञ्जमा जनशक्ति अभावका कारण ढिला भएको हो’, अध्यक्ष बुढाथोकीले भने– ‘ढिलै भए पनि व्यवसायीको माग सुनुवाइ भएको छ ।’ शिविर सञ्चालन गर्नका लागि नापतौल कार्यालय नेपालगञ्जबाट ४ सदस्यीय टोली जिल्लामा आएर सेवा दिएकोे थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*