Home / समाचार / स्थानीय सरकारको असहयोगका कारण पाँच तले घर कब्जामा

स्थानीय सरकारको असहयोगका कारण पाँच तले घर कब्जामा

कानुनी लडाईँमा जीत हाँसिल । अदालतले कानुनी अधिकारको हकदार सावित गरिदिएपनि ब्यवहारत ः त्यो अनुभुती नहुँदा कैयन नागरिकहरुले सास्ती बेहोर्नु पर्छ । अँझ आफ्नै करोडौँको सम्पत्ति अर्काले जरबजस्ती हडपिरहँदा पनि त्यो सम्पत्तिको मालिक मुकदर्शक बन्नु पर्छ । स्थानीय सरकारहरुको समन्वय÷सहयोग पर्याप्त नहुँदा आफ्नो ५ तला घरमा अर्कैले रजाईँ गरिरहेको तितो यथार्थ काठमाडौँको एक परिवारले भोगिरहेको छ । बलजफ्ती पाँच तलाको घरमा अर्कैले अड्डा जमाईँरहँदा स्थानीय सरकार भने लाचार जस्तै बनिदिएका छन् । पीडितलाई न्याय दिलाउनका लागि वडा कार्यालयको सहयोग भएन ।

फलत: आफ्नो ५ तले घरको मालिक ‘सम्पत्तिमाथि हकदारै’ नभएको ब्यक्ति बनिरहेका छन् ।
काठमाडौँ उपहानगरपालिका वडा नम्बर २६ गंगबु की भुमादेवी गौतम पौडेललाई कब्जा भएको पाँच तलाको घर कसले फूकुवा गरिदेला भन्ने पिरलो छ । घर किन्छु भनेर उक्त घर प्रवेश गरेका उत्तम कुमार अटेर गरेर बसिरहेका छन् । नत घरको पैसा दिन्छन्, नत घर खाली गर्न नै राजी हुन्छन् । ‘पाँच तलाको घरको मालिक बनेर बसेका छन्,’ भुमादेबीको परिवारका एक सदस्यले भने ‘घर खाली गर भन्दा मान्दैनन् ।’

यिनै हुन् भुमादेबिको घर कब्जा गरि बसेका उत्तम कुमार ।

 

आफ्नो सम्पत्ति खाली गर भनेर भुमादेबीले उत्तमकुमारलाई भनिन् । अर्काको सम्पत्तिमा अधिकार जमाउन खोजेका उत्तमले मोननन् । भुमादेबी प्रहरी समक्ष पुगिन् । तर उत्तमकुमारले जिल्ला अदालत काठमाडौँमा भुमादेवि बिरुद्ध दुई करोड बिगो दाबी सहित ठगि मुद्धा हालिदिए । जिल्ला अदालतले उक्त मुद्धा खारेजै गरिदियो, अर्थात भुमादेवी निर्दोष सावित भईन् । अदालतले उत्तमकुमारको मुद्धा नै खारेज गरिदिएपछि भुमादेबी कानुनी रुपमा बलियो भईन् ।

पुनः भुमादेवीको परिवारले घर फिर्ताका लागि सरोकारवाला निकाय गुहार्यो । तर उत्तमकुमार उहि ठगि मुद्धा लिएर उच्च अदालत ललितपुर गईपुगे । उच्च अदालतले पनि यो मुद्धा खारेज गरिदियो । ‘जिल्ला र उच्च अदालतले भुमादेबी बिरुद्ध लगाईएको ठगि मुद्धा खारेज गरिदिईसकेका छन्,’परिवारका एक सदस्यले भने ‘अब भुमादेबी निर्दोष सावित भैसकेपछि उत्तमकुमारले घरमा दाबी गर्नुको कुनै कारण रहेन,तर घर खाली गरिदिने कसले ?’ दुई वटा अदालतबाट मुद्धा हारिसकेको भएपनि उत्तमकुमारले भने घर खाली गर्न मानेका छैनन् । भुमादेबीको परिवार आँफै घर खाली गर्न जाान सक्ने अवस्थामा छैन ।

‘ज्यान हाल्ने सम्मको धम्की दिएको छ,’ परिवारका एक सदस्यले भने ‘तर स्थानीय सरकार र प्रहरीले चासो नदिएका कारण हामीले हाम्रो घर फिर्ता पाउन सकेनौँ ।’ घर खाली गर्नका लागि आग्रह गर्न जाँदा उत्तमकुमारले भुमादेवीलाई तथानाम गाली गर्ने गरेको समेत परिवारले जनाएको छ । भुमादेबीले उत्तमकुमार बिरुद्ध गाली बेईज्जती मुद्धा समेत होलेकि छिन् । यता काठमाडौँ वडा नम्बर २६ का वडा अध्यक्ष ख्यामराज तिवारीले भने आँफूहरुले घर खाली गर्नका लागि प्रयास गरेको भएपनि सफल हुन नसकेको बताए ।

उत्तमकुमारले अदालतमा मुद्धा हालृेका कारण घर खाली गर्नका लागि असहज भएको भन्दै उनले उच्च अदालतले गरेको फैसला बारे भने आँफूलाई जानकारी नरहेको बताए । ‘हामीहरुले एक पटक घर खाली गर्नका लागि प्रयास थालेका हौँ, तर अदालतमा मुद्धा परिरहने भएकाले समस्या भएको हो,’ वडा अध्यक्ष तिवारीले भने ‘अहिले उच्च अदालतबाट फैसला भएको हो भने त्यसको जानकारी चाहिँ हामीलाई भएको छैन, यदि त्यसो भएको खण्डमा हामीहरुले घर खाली गर्नका लागि पहल थाल्छौँ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*