Home / Feature Breaking news / दिपक गिरीले भित्राए दर्जनौं नेकपा नेता तथा कार्यकर्ता

दिपक गिरीले भित्राए दर्जनौं नेकपा नेता तथा कार्यकर्ता

तुलसीपुर, ८ फागुन । नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पूर्वमन्त्री दीपक गिरीले पार्टी प्रवेश अभियानलाई तीव्र बताएका छन् ।

पूर्वसिंचाई मन्त्री समेत रहेका नेता गिरीले शनिवार पश्चिम् दाङमा झण्डै एक सय बढी नेकपाका कार्यकर्ता भित्राएका हुन् । दंगीशरण गाउँपालिकाको श्रीगाउँमा आयोजित एक भेलामा गिरीले दंगीशरण गाउँपालिका वडा नम्बर ६ र ७ का नेकपाका झण्डै एक सय कार्यकर्तालाइ फुलमालासहित पार्टी सदस्यता प्रदान गरेर स्वागत गरेका हुन् ।

दंगीशरण गाउँपालिका–७ का कांग्रेस इकाइ सभापति हर्कबहादुर वुढाथोकीको सभापतित्वमा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि केन्द्रिय सदस्य गिरीले कांग्रेसको सरकार बिना देशमा शान्ति र समृद्धि सम्भब नभएको बताएका थिए । उनले कम्युनिष्टहरुको नक्कली नाराबाट नझुक्किएर सत्यवादी पार्टी नेपाली कांग्रेसलाई साथ दिन जनतालाई अपिल समेत गरे ।

कार्यक्रममा अर्का वक्ता प्रदेश सदस्य तथा कांग्रेसका नेता शंकर गिरीले कम्युनिस्टहरु स्वार्थमा लिप्त भएकै कारण देश दुर्घटना उन्मुख रहेको भन्दै कांग्रेसको बिकल्प नरहेको तर्क गरे । कार्यक्रममा कांग्रेस नेता केशब आचार्यले कांग्रेसले चुनाब हारेकै कारण अहिले पश्चिम् दाङ पछाडि परेको दावी गर्दै पश्चिम् दाङमा कांग्रेसको पालामा भएको बिकासको स्मरण गरे ।

कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सचिव तथा युवा नेता शंकरप्रसाद डाँगीले असंबैधानिक कदमको बिरोध गर्दै निर्बाचनको पूर्वतयारीका रुपमा अघि बढ्न समेत कार्यकर्ताहरुलाइृ आग्रह गरेका थिए । दंगीशरण गाउँपालिकाका इकाई उपसभापति धर्मनाथ योगीको स्वागत मन्तब्यवाट शुरु भएको कार्यक्रमको संचालन इकाइ सचिब उपेन्द्र शर्माले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*