Home / समाचार / गीतालाई उत्कृष्ट लघुउद्यमी पुरस्कार

गीतालाई उत्कृष्ट लघुउद्यमी पुरस्कार

दाङ, ८ फागुन । लमही नगरपालिका वडा नं. ८ गिधनिया निबासी गीता चौधरी यस वर्षको उत्कृष्ट लघुउद्यमी सदस्य पुरस्कारबाट पुरस्कृत भएकी छिन् ।

ग्रामीण महिला उत्थान केन्द्र दाङद्वारा प्रबद्र्धन गरिएको आत्मनिर्भर लघुबित्त वित्तीय संस्था लि.मा आवद्ध रहेर कृषि ब्यवसायलाई अंगाल्दै लघुउद्यम व्यवसाय सञ्चालन गर्दै आएकी गीता चौधरीलाई नगद २५ हजार र प्रमाणपत्रसहित स्वाबलम्वन विकास केन्द्रले पुरस्कृत गरेको हो ।

स्वावलम्बन विकास केन्द्रका प्रबन्ध समिति सदस्य तथा युनिक नेपाल लघुवित्त वित्तीय संस्था लि.का कार्यकारी निर्देशक गोपाल दहितको अध्यक्षता तथा लुम्बिनी प्रदेश भूमि, कृषि तथा सहकारी मन्त्री आरती पौडेलको प्रमुख आतिथ्य एवं कोहलपुर नगरपालिकाका नगरप्रमुख एल.बि. रावतको बिशिष्ट आतिथ्यमा बाँके कोहलपुरमा आयोजना गरिएको समारोहले गीता चौधरीसहित ३ जना लघुउद्यमीलाई पुरस्कृत गरेको हो ।

कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेश भूमि, कृषि तथा सहकारी मन्त्री आरती पौडेलले लघुबित्तले महिलाहरुलाई आत्मनिर्भरतातर्फ अग्रसर बनाउँदै महिलाहरुलाई सशक्तीकरण गर्न अहम् भूमिका खेलेको बताइन् । उनले महिलाहरु आर्थिकरुपमा सक्षम नहुँदासम्म महिलाहरु निर्णायक तहमा पुग्न नसक्ने बताइन् ।

संस्थाले महिलाहरुलाई लघुउद्यम ब्यवसाय गर्न प्रेरित गर्दै ब्यावसाय दर्ता गरेर आगामी दिनमा सरकारले दिने अनुदानहरुमा पनि लघुउद्यमीहरुको पहुँच पुग्ने हिसाबले सहकार्य गर्न उनको भनाइ रहेको छ । कार्यक्रममा बोल्दै ग्रामीण महिला उत्थान केन्द्र दाङका अध्यक्ष आशमानी चौधरीले महिलाहरुलाई आर्थिकरुपमा सशक्त बनाउनका लागि आफूहरुले २७ बर्षअघि लघुवित्त कार्यक्रम शुरुवात गर्दा घरदैलो गर्दाको क्षणको स्मरण गर्दै आजका दिनमा महिलाहरु आर्थिक उपार्जनमा अग्रसर हुन थालेकोमा खुसी ब्यक्त गरिन् ।

चौधरीले गीताजस्ता अनेकौं उद्यमीहरु देशभरमा उत्पादन हुन आवश्यक रहेको बताइन् । कार्यक्रममा उपकार लघुबित्त वित्तीय संस्था लि.का अध्यक्ष शान्ति ढकाल र किसान बहुउद्देश्यीय सहकारी संस्था लि.का महाप्रबन्धक डम्बरबहादुर शाहलगायतले आफ्नो भनाइ राखेका थिए ।

‘स्वच्छ लघुबित्त हाम्रो अभियान’ देशभरबाटै प्रतिस्पर्धात्मक बर्षको उत्कृष्ट लघुउद्यमी छनोट गर्ने स्वाबलम्वन बिकास केन्द्र काठमाडौंले शुरुवात गरेको यो अभियानले युवा तथा महिला उद्यमीहरुको संख्यात्मक तथा गुणात्मक बृद्धिसँगै समुदायलाई आत्मनिर्भरता र समृद्धितर्फ अघि बढाउने उद्देश्य रहेको स्वाबलम्वन विकास केन्द्रका निर्देशक सतिश श्रेष्ठले बताए ।

स्वाबलम्वन बिकास केन्द्रका कार्यकारी प्रमुख बेचन गिरीको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रममा धन्यवाद ज्ञापन स्वाबलम्वन बिकास केन्द्रका निर्देशक सतिश श्रेष्ठले गरेका थिए भने कार्यक्रमको सहजीकरण चन्द्रकान्त पण्डितले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*