Home / Feature Breaking news / बैशाखमा निर्वाचन हुन सक्दैनं : महामन्त्री कोइराला

बैशाखमा निर्वाचन हुन सक्दैनं : महामन्त्री कोइराला

दाङ ४ फागुन । नेपाली कांग्रेसका महामन्त्री डा.शशांक कोइरालाले अहिलेको परिस्थीतिमा बैशाखमा निर्वाचन हुन नसक्ने भन्दै महाधिवेसनमा ध्यान दिनुपर्ने बताएका छन् । नेपाल प्रेस युनियन दाङले मंगलबार घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै महामन्त्री कोइरालाले पार्टीको प्राथमिकता महाधिवेशनमा हुनुपर्ने बताएका हुन ।

पार्टीलाई एकतावद्धसँगै आगामी निर्वाचनमा देशको प्रमुख पार्टी बनाउनका लागि जतिसक्यो चाडै महाधिवेशन गरेर नेतृत्व परिवर्तन गर्न आवश्यक रहेको बताए । ‘केपी ओलीले बैशाखमा निर्वाचन गराउन सक्दैन,निर्वाचन मंसिर–पुस महिनातिर मात्र संम्भव छ’–महामन्त्री कोइरालाले भने–‘त्यसैले कांग्रेस नहुने निर्वाचनको पछि लाग्नु हुदैन, बरु पार्टीको महाधिवेशनमा ध्यान दिऔ ।’ उनले जति सक्यो चाडै पार्टीको क्रियासिल सदस्यता टुंग्यो लगाएर महाधिवेशनमा जुट्नुपर्ने बताए ।

नेपाली कांग्रेस निर्वाचनबाट भाग्न नसक्ने भन्दै महामन्त्री कोइरालाले चुनाव हुने अवस्था आएमा निर्वाचनमा भाग लिने बताए । ‘अहिले निर्वाचन हुने अवस्था नै छैन । प्रधानमन्त्री ओली निर्वाचन गराउन चाहेकै छैनन् ।’–महामन्त्री कोइरालाले भने–‘अहिले निर्वाचनको कुरा गरेर ओलीले अलमल्याउने काम गरिरहेका छन् । अहिलेको आवश्यकता संसद पुनःस्थापना हो ।’ उनले अहिलेको आवश्यक संसद पुनस्थापना भएको भन्दै अदालतको निर्णयलाई आफुहरुले स्वीकार गर्ने समेत बताए ।

धर्मको विषयमा जनमत संग्रह हुनुपर्ने भन्दै महामन्त्री कोइरालाले कांग्रेस सरकारका गएमा यो मुद्दालाई लिएर जनमत संग्रह गराउने समेत बताए । ‘धर्म निरपेक्ष र सापेक्ष नभई स्वतन्त्र हुन्छ । संविधानमा धर्मलाई निरपेक्ष भनेर उल्लेख गरिनु कमजोरी हो । यो विषयलाई जनतामाझ लिएर जानुपर्दछ’–महामन्त्री कोइरालाले भने–‘कांग्रेसको सरकार भएमा हामी यो मुद्दालाई उठाउँछौं ।’

संविधानलाई ठिक ठाउँमा ल्याउने पक्षमासंगैछौ  : रिजाल

यसैविच नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री मिनेन्द्र रिजालले विगठित प्रतिनिधिसभा पुनस्थापनासँगै संविधानलाई ठिक ठाउँमा ल्याउने आन्दोलनमा प्रचण्ड–माधव नेपाल समूहसँग आफुहरुसँगै रहेको बताएका छन् ।

प्रेस युनियनले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता रिजालले आन्दालत फरक–फरक ठाउँमाबाट भएपनि उद्देश्य एउटै रहेको समेत बताए । ‘ प्रचण्ड–माधव नेपालले नेतृत्व गरेको कम्युनिष्ट पाटी र कांग्रेसको आन्दोलनको एउटै उद्देश्य हो, संसद पुनस्थापना हुनुपर्छ भन्ने नै हो’–पत्रकार सम्मेलनमा नेता रिजालले भने–‘फरकफरक ठाउँबाट आन्दोलन भएपनि उद्देश्य एउटै छ ।’

उनले नेकपा एउटै हुँदा ओलीलाई सर्वसत्ताबादी बन्न उहाँहरुले नै सहयोग गरेकाले अहिले कांग्रेस मिल्न नसकेको बताए । नेता रिजालले प्रधामन्त्री ओली नेताभन्दा बढी डाक्र, इन्जिनियर, ज्योतिषी, परातत्वविद, इतिहासविद्ध, पाइट बन्न खोज्दा देशको अहिलेको अवस्था आइपुगेको समेत बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*