Home / खेलकुद / जिल्लास्तरिय खो खो प्रतियोगिता सम्पन्न

जिल्लास्तरिय खो खो प्रतियोगिता सम्पन्न

लक्ष्मण बस्नेत

दाङ, १ फागुन । तुलसीपुरको अरनिको मैदानमा संचालित दोस्रो जिल्लास्तरिय महिला तथा पुरुष खो खो प्रतियोगिता २०७७ को उपाधी तुलसीपुरले हात पारेको छ ।

दाङ जिल्ला खो खो संघको आयोजनामा शनिबार भएको फाइनल प्रतियोगितामा पुरुषतर्फ आयोजक तुलसीपुर ‘ए’ ले सहिद स्मृति आबासिय माध्यामिक विद्यालय ‘ए’ लाई फाईनलमा ७ का विरुद्ध १२ अंक स्कोरले पाखा लगाउदै तुलसीपुरले उपाधी हात पारेको हो ।

त्यस्तै महिलातर्फ सहिद स्मृति आबासिय ‘बि’ लाई १० का विरुद्ध २१ अंक स्कोरको फराकिलो अन्तरले पाखा लगाउदै तुलसीपुरले उपाधी हात पारेको हो ।
स्थानीय स्तरमा खो खो खेलको पहुँच अभिवृद्धि गर्दै प्रतिभावान खेलाडीको पहिचान र विकास गर्ने उदेश्यका साथ आयोजना गरिएको प्रतियोगितामा पुरुषतर्फ ५ र महिलातर्फ ३ टिमको सहभागिता रहेको थियो ।

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण ठप्प बनेको स्थानीयस्तरको खेल गतिविधिलार्ई चलाएमान बनाउन सुरक्षा सम्बन्धित सम्पूर्ण मापदण्ड अपनाउदै प्रतियोगिता आयोजना गरिएको थियो ।

प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्ने पुरुषतर्फ बेस्ट रनर सुवास रावत, बेस्ट चेजर प्रदिप रोका मगर, त्यस्तै महिलातर्फ बेस्ट रनर अमृता वली र बेस्ट चेजर जानुका चौधरी घोषित भएका थिए । त्यस अवसरमा १३ आंै सागका पदकधारी खेलाडी र प्रशिक्षकलाई सम्मान समेत गरिएको थियो ।

जस अन्तरगत दोस्रो स्थान पदकधारी दाङकी खेलाडी सुमित्रा चौधरी, तृतिय स्थानका पदकधारी खेलाडी रुन्देहीका भरत सारु मगर, बर्दियाका गौरव रोकाय, प्रशिक्षक उषा कवर मगर र सहभागी दाङका बेद वलीलाई सम्मान गरिएको खो खो संघ दाङका सचिब दिपेन्द्र भण्डारीले जानकारी दिएका छन् ।

प्रतियोगिताको समापन समारोह दाङ जिल्ला खो खो संघ का कार्यबाहक अध्यक्ष जय बहादुर घर्तिको अध्यक्षता तथा दाङ जिल्ला खेलकुद बिकास समितिका निवर्तमान अध्यक्ष डिल्लीबहादुर डाँगीको प्रमुख आतिथ्यमा भएको थियो । कार्यक्रमको संचालन सचिव दिपेन्द्र भण्डरीले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*