Home / Feature Breaking news / सडकको अवस्था नाजुक भएपछि युवाहरुले मर्मत गर्दै विरोध

सडकको अवस्था नाजुक भएपछि युवाहरुले मर्मत गर्दै विरोध

दाङ,१ फागुन । तुलसीपुर –पश्चिम सडक खण्ड तथा राप्ती राजमार्ग अन्र्तगत सडकमा लामो समयदेखि खाल्टाखुल्टी हुदाँ यातायात संचालनमा समस्या भएको छ ।

पटक–पटक सम्बन्धित निकायले जानकारी गराउँदा समेत ब्यवास्था गरेपछि आहा तुलसीपुर अभियानले तुलसीपुर – पश्चिम सडक खण्डका खाडलहरु पुरेर विरोध जनाएका छन् । अभियानले तुलसीपुरको पातुखोला पुलदेखि दोघरे सम्मका खाडलहरु पुरेको अभियानका संयोजक दिपक काफ्लेले जानकारी दिए ।

उनका अनुसार सडकमा भएका खाडलले गर्दा यातायात संचालनमा समस्या हुनुको साथै दुर्घटनाको जोखिम पनि त्यतिकै भएकाले आफुहरु सम्बन्धित जानकारी गराउँदा पनि ध्यान दिएको छैन् । ‘विभिन्न ठाउँमा सडक मर्मत गर्नको लागि विभिन्न किसीमका विरोध हुने गर्दछन्,‘ उनले भने, ‘तर, हामीले सम्बन्धित निकायको ध्यान पुगोस्, भनेर नै तुलसीपुर उपमहानगरले उपलब्ध गराएको गिट्टी बालुवा हालेर मर्मत गराका हौँ ।

त्यस्तै, सडक मर्मतको लागि तुलसीपुर उपमहानगरलाई जानकारी गराउँदा राजमार्ग पर्ने सडकहरु सडक डिभिजन अन्र्तगत पर्ने भएकाले मर्मत गर्ने नमिल्ने जानकारी दिएपछि सडक डिभिजनलाई ध्यानकर्षण गर्नको लागि सडकका खाडल पुरेको उनले बताए । ‘राज्यले हरेक सवारी साधन सडकमा गुडाएपछि हामीसंग कर लिने गर्दछ,‘ उनले भने, ‘तर, ति सवारी साधन गुड्ने सडकको अवस्था नाजुक हुदाँ समेत ध्यान दिदैन् ।

बर्षौ साल जनताको आखाँ छल्नको लागि सडक टालटुल गर्ने गरेको भएता पनि गुणस्तरिय काम नगर्दा सडकहरुको अवस्था यस्तो भएको हो । ’ साथै उनले यि सडकहरु चाडोभन्दा चाडो मर्मत गर्न आग्रह गर्दै यति मर्मत नगरे आफुहरुले थप विरोध गर्ने समेत बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*