Home / Feature Breaking news / ‘सरकार हामी कहिलेसम्म असुरक्षित हुने’

‘सरकार हामी कहिलेसम्म असुरक्षित हुने’

घोराही, ३० माघ
देशमा दिनानुदिन बढ्दै गईरहेका बलात्कार र त्यसपछि भएका हत्याका श्रृखला भईरहदा राज्य संयन्त्र निरिह भएको भन्दै घोराहीमा विद्यार्थीहरुले प्रदर्शन गरेका छन् । बैतडीकी बालिका भागरथी भट्ट लगायत विभिन्न समयमा बलात्कारपछि बालिकाहरुको हत्यामा संलग्न अपराधीलाई कारबाहीको माग गर्दै नेपाल महिला सामुदायिक सेवा केन्द्र दाङको आयोजनामा विद्यार्थी बालिकाहरुको सहभागितामा दोषीलाई कारबाहीको माग सहित प्रदर्शन गरिएको हो ।

घोराहीको विपी चोकबाट सुरु भएको ¥याली तुलसीपुर चोकमा पुगेर सभा गरिएको थियो । ¥यालीमा सहभागी विद्यार्थीहरुले भागरथी भट्टलाई न्याय दे, निर्मला पन्तलाई न्याय दे, सम्झना बिकलाई न्याय दे, बलात्कारीलाई कारबाही गर, हत्यारालाई कारबाही गर, महिला हिंसा अन्त्य गर, अपराधीलाई कारबाही गर भन्दै नाराबाजी गरेका थिए । हत्याका दोशिलाई हदै सम्मको कारबाहिको माग गर्दै मन्तब्य राख्नुभएको थियो । कोणसभामा बोल्ने वक्ताहरुले सरकारले अपराधीलाई कारबाही गर्न नसक्नु दुखद् भएको बताएका थिए ।

कोण सभामा बोल्दै नेपाल महिला सामदायिक सेवा केन्द्रका संस्थापक अध्यक्ष एवं मानव अधिरकारकर्मी विमला योगीले देशमा निर्दोश बालिकाहरु माथि बारम्बार बलात्कार पछि हत्या हुँदा पनि राज्य मौन रहनु लज्जासपद भएको बताउनुभयो । नागरिकहरु स्वतन्त्रपूर्वक बाच्न पाउनुपर्ने उहाँको भनाई थियो ।

‘ सरकारसँग बालिकाहरुले आफ्नो सुरक्षाकोलागी प्रश्न उठाउनु पर्ने दिनको अन्त्य कहिले हुन्छ रु’ उहाँले प्रश्न गर्नुभयो– ‘कलिला नानीहरुलाई बलात्कार गर्ने हत्या गर्ने अपराधीहरुलाई कारबाही गर्न नसक्ने किन रु सरकार किन मौन छ ।’ उहाँले पीडकलाई हदै सम्मको कारबाही हुनुपर्ने बताउनुभयो । महिलालाई कमजोर शक्तीका रुपमा नलिन चेतावनी दिदै छोरी छटपटाउदै मर्नु पर्ने दिनको अन्त्य हुनुपर्ने उहाँको भनाई थियो । ‘महिला राष्ट्रपति भएको देशमा महिला नै असुरक्षित हुनु दुर्भाग्य हो’ योगीले भन्नुभयो– ‘महिला नै राष्ट्रको प्रमुख हुँदा पनि हामी महिलाहरुले ढुक्कसँग बाच्न नपाउने’ उहाँले भागरथी भट्टको बलात्कार र हत्यामा संलग्न अपराधीलाई छिटो भन्दा छिटो पक्राउ गरि कारबाही गर्न माग गर्नुभयो ।

सस्थाका अध्यक्ष कल्पना न्यौपानेले बालिकाहरु असुरक्षित भईरहेको बर्तमानको समयमा राज्य निरिह भएकाले अपराधीलाई हदै सम्मको कारबाही हुनु पर्ने माग गर्नुभयो । बालिका शिक्षा कार्यक्रमकी प्रमुख लक्ष्मी गुप्ताले बालिकाहरुलाई ढुक्कसँग पढ्न जाने वातावरण पनि नभएको भन्दै यसतर्फ सरकार गम्भीर बन्न आवश्यक भएको बताउनुभयो । विद्यार्थीहरु रोमिया आचार्य, सुजाता चौधरी, शोशिला ठाकुरले सरकारले बलत्कारीलाई कारबाहि गर्न नसक्नुको कारणको जवाफ माग्दै आफूहरु कहिलेसम्म त्रासमा रहने भनेर सरकारलाई प्रश्न गर्नुभयो ।
केन्द्रका अध्यक्ष कल्पना न्यौपानेको अध्यक्षता एवं केन्द्रका संस्थापक अध्यक्ष एवं मानवअधिकारकर्मी विमला योगीको प्रमुख आतिथ्यमा भएको कार्यक्रमको सहजिकरण सरस्वति चौधरीले गर्नुभएको थियो ।

यसै बिच नेपाल महिला सामुदायिक सेवा केन्द्र दाङले भागरथी भट्टको बलात्कारपछि भएको हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै आईतबार प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउने कार्यक्रम रहेको केन्द्रका सचिव शीवा योगीले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*