Home / Feature Breaking news / पथरगढवामा काग्रेस पार्टी कार्यालय स्थापना

पथरगढवामा काग्रेस पार्टी कार्यालय स्थापना

दाङ,२९ माघ । नेपाली कांग्रेस राप्ती गाउँपालिका–६ को वडास्तरीय पार्टी कार्यालयको स्थापना भएको छ । वडा नम्बर ६ को पत्थरगढवामा उक्त कार्यालयको नेपाली कांग्रेसका केन्द्रिय सदस्य योगेन्द्र चौधरीले एक कार्यक्रमकाबीच बुधबार उद्घाटन गरेका हुन ।

मुलुक संघीयतामा गएसँगै पार्टीको ईकाई पनि समायोजन गरी अहिले संगठन बिस्तार गरिरहेको कांग्रेसले कमिटी बिस्तारलाई प्राथमिकतामा राखेको छ । नेपाली कांग्रेस राप्ती गाउँपालिका वडा नम्बर ६ का वडा सभापति विश्वम्भर चौधरीको सभापतित्वमा भएको कार्यालय उद्घाटन कार्यक्रममा केन्द्रिय सदस्य चौधरीले वर्तमान सरकारले जनतालाई घात गरेर राज्य कोषको चरम दोहन गरिरहेको आरोप लगाएका हुन । झण्डै दुई तिहाईको जनमत पाएर पनि सरकार चलाउन नसक्नेले देश र जनताको पक्षमा काम गर्न नसक्ने नालायक काम गरिरहेको बताएका थिए ।

पछिल्लो समय पार्टीभित्रको कलहलाई व्यवस्थापन गर्न नसकेर संविधानमाथि प्रहार गर्ने काम भएको भन्दै संसद पुनस्र्थापनाको विकल्प नरहेको समेत बताए । कांग्रेस लोकतान्त्रिक पार्टी भएकाले मुलुकमा गहिरिँदो संकट समाधानका लागि अब लोततन्त्रवादी शक्तिले सर्वसत्तावादी, अधिनायकवादीहरुलाई किनारा लगाउन जुर्मुराउने पर्ने बेला आएको उनको भनाई थियो ।

त्यस्तै उनले नेकपाको सरकार पद र कुर्सी मोहमा फस्दै गएकाले जनताले दुख पाउनु परेको तर्क गर्दै अब कांग्रेसले जनतालाई फेरि जनमत दिएर लोकतन्त्र र संविधानको रक्षामा गोलबद्ध हुन अपिल गरेका थिए । देशका सर्वोपरी जनता भएपनि कम्युनिष्टहरु आफुलाई सर्बेसर्वा ठान्दा मुलुकले दुख पाएको उहाँको तर्क थियो ।

कार्यक्रममा विशिष्ट अतिथिहरु नेपाली कांग्रेस क्षेत्र नम्बर १ का सभापति भेषराज पाण्डे, प्रदेश १ क का सभापति ताराबहादुर डिसी, महासमिति सदस्य एवम् राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदी, लाल मोहम्मद मियाँले अब गाउँगाउँबाट जनता कांग्रसको जनलहर लिएर अघि बढ्न लागेकाले कम्युनिष्टहरु पत्तासाफ हुने दिन धेरै दिन कुर्नु नपर्ने विश्वास व्यक्त गरेका थिए ।

त्यस्तै कार्यक्रममा नेपाली कांग्रेस पूर्व महासमिति सदस्य द्रोर्ण भुसाल, कांग्रेस जिल्ला सदस्य हरि भुसाल, राप्ती गाउँपालिका सभापति दुर्यौधन पाण्डे, भीमलाल चौधरीलगायतले बोलेका थिए । साविक सिसहनियाँ गाविसको वडा नम्बर ८ र ९ संघीयता लागु भएपछि गाभिएर वडा नम्बर ६ बनेको हो । पत्थरगढवा, सगरापुर, बगरापुर, भगवानपुर र मझेरिया वडा नम्बर ६ मा रहेका छन् ।

नेपाली कांग्रेसको पकड क्षेत्र रहेको वडा नम्बर ६ मा अहिले कांग्रेसमा प्रवेश गर्नेको जनलहर अझ बढ्दै गएको छ ।यसबीच, वडा नम्बर ६ को वडा स्तरीय कमिटी सभापति विश्वम्भर चौधरीको सभापतित्वमा १५ सदस्यीय कमिटी गठन गरिएको छ । जसको सचिवमा भीमबहादुर चौधरी, कोषाध्यक्षमा सम्साद अली खाँ रहेका छन भने अन्य सदस्यहरु रहेका छन् ।

सो कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि १ दर्जन बढी नेता कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । उनीहरुलाई नेपाली कांग्रेसका केन्द्रिय सदस्य चौधरीले सदस्यता प्रदान गर्दै स्वागत गरेका थिए ।

पार्टी प्रवेश गर्नेहरुमा कृष्णु चौधरी, रामप्रसाद चौधरी, राधा चौधरी, अञ्जु चौधरी, रामजानकी चौधरी, ओम जागिर चौधरी, खुरखुरी चौधरी, प्रदीपकुमार चौधरी, श्यामसुन्दरी चौधरी, अम्बिका पुरी, आमबहादुर चौधरी, गोविन्द बुढाथोकी, जीव बुढाथोकीलगायत रहेका छन् । विपी कोइराला युाव नेतृत्व विकास मञ्चका राप्ती गाउँपालिका सदस्य धर्मप्रसाद उप्रेतीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण वडा सचिव भीमबहादुर चौधरीले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*