Home / Feature Breaking news / बेपत्ता छोराको खोजी गरिदिन परिवारको आग्रह

बेपत्ता छोराको खोजी गरिदिन परिवारको आग्रह

दाङ,२८ माघ । दुई सातादेखि हराईरहेका २२ बर्षीय छोरा देवेन्द्र वलीको खोजी गरिदिन घर परिवारले आग्रह गरेका छन् ।

घोराही उपमहानगरपालिका–५ भैसापथ्रा निवासी दोर्णबहादुर वलीको परिवारले बुधवार घोराहीमा पत्रकार सम्मेलनको आयोजना गरी बेपत्ता छोराको खोजी गरिदिन पुलिस, मानवअधिकारकर्मी, सञ्चारकर्मी,कलेज प्रशासनलगायत सवैमा आग्रह गरेको हो ।

पत्रकार सम्मेलनमा छोरा घोराहीमा रहेको राप्ती शिक्षा क्याम्पस अध्ययनका लागि माघ १५ गते गएको समयमा बेपत्ता भएको भन्दै पीडित परिवारले खोजी गरिदिन आग्रह गरेका हुन । अध्ययनका लागि क्याम्पस गएको छोरा अहिलेसम्म सम्पर्कमा नआएकाले खोजी गरिदिन बुबा दोर्णबहादुर वलीले सवैमा आग्रह गरेका हुन ।

‘बीएड प्रथम बर्षमा अध्ययनरत छोरा कोठाबाट कलेज जान्छु भनेर निस्किएको थियो, तर उ अहिले १४ दिन वितिसक्दासम्म पनि कसैको सम्पर्कमा आएको छैन’–पत्रकार सम्मेलनमा वलीले भने–‘हामीले आपन्तीसँगै विभिन्न ठाउँमा खोजी गरिसक्यौ । उ भेटिदैन । कलेजबाट पनि चित्तबुझ्दो जवाफ आउँदैन ।’

उनले कलेजबाट विद्यार्थी हराएको तीन दिन वितिसक्दा समेत कलेजले घर परिवारलाई सम्पर्क नगर्नु र साथीले पुलिस केस नगरौ भन्नुले आफुहरुलाई घट्नाप्रति आशंका उत्पन्न भएको समेत बताए ।

‘कलेज पढ्न गएको छोराको झोला कलेजमै छ, तर उसको पत्तै छैन’–पत्रकार सम्मेलनमा उनले भने–‘त्यही पनि कलेजले घरपरिवारलाई विद्यार्थी हराएको जानकारी गराउँदैन ? यो कलेजको कस्तो कार्य हो ? पीडित परिवारको प्रश्न छ ।’ उनले पढ्न गएको विद्यार्थी कलेज समयमै कलेजमै झोला राखेको अवस्थामा हराउँदा पनि कलेजले खोजी कार्यमा बेवास्था गरिरहेको समेत बताए ।

‘हामीले छोरो हराएको खवर रेडियोबाट फोन आयो र, थाहा पायौ । तर कलेजले खवर नै गरिन’–उनले भने–‘हामीले छोरा हराएको खवर पाएपछि कलेजसँगै जिल्ला प्रहरी कार्यालयलाई पनि जानकारी गरायौ तर कलेजले खोजी कार्यमा ध्यान दिदैन ।’ पीडित परिवारले अहिलेसम्म घरपरिवारसँगै प्रहरीले समेत भेटाउन नसकेकाले अति गहिराईमा पुगेर घट्नाबारेमा अनुसन्धान गरेर हराईरहेको छोरीको खोजी गरिदिन समेत आग्रह गरेको हो ।

प्रहरीले भने हराइरहेका वलीको खोजी कार्य भैरहेको जनाएको छ । घट्ना बारे जानकारी पाएपछि घट्नाको अनुसन्धानसँगै हराइरहेका व्यक्तिको खोजी कार्य भैरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । २२ बर्षीय वली घोराहीमा रहेको रेडियो स्वर्गद्धारीमा समेत काम गर्दै आएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*