Home / Feature Breaking news / कला सस्कृति संरक्षण गर्न नौमती बाजा

कला सस्कृति संरक्षण गर्न नौमती बाजा

तिर्थराज ज्ञवाली

देउखुरी, २७ माघ । कला सस्कृतिको संरक्षणमा नयाँ पुस्तालाई आकर्षण गर्न राप्ती गाउँपालिका वडा नं ३ नयाँबस्तीमा नौमती बाजा हस्तान्तरण गरिएको छ । वडा कार्यालयको बार्षिक वजेट अनुसार वडा नं ३ नयाँबस्तीमा एक समूह गठन गरि नौमती बाजा हस्तान्तरण गरिएको हो ।

मंगलवार एक कार्यक्रमकाविच राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदीले नयाँबस्ती पन्चेबाजा ब्यवस्थापन समितिलाई बाजा हस्तान्तरण गरेका हुन । नौमती बाजा अन्तर्गत गाउँपालिका अध्यक्ष सुवेदीले दमाहा, झ्याली, ट्याम्को, ढोलक, सहनाई, कर्नाल, नरसिङ्गा बाजाको सेट नयाँबस्ती पन्चेबाजा ब्यवस्थापन समितिलाई बाजा हस्तान्तरण गरिएको वडा नं ३ का वडा सचिव दामोदर पोख्रेलले जानकारी दिएका छन् ।

वडा अध्यक्ष चन्दर चौधरीको अध्यक्षतामा भएको नौमती बाजा हस्तान्तरण कार्यक्रममा उपाध्यक्ष जगदम्वा कुमारी चौधरी, प्रमुख प्रशासकिय अधिकृत शोभाराम रिजाल, ईन्जिनियर अशोक बेल्वासे लगायतको सहभागिता रहेको थियो । नौमती बाजा नौ वटा बाजाहरूको सामूहिक बाजा हो । यो पञ्चैबाजाको ठूलो रूप हो जसमा चार वटा अरू बाजाहरू थपिएको हुन्छ ।

यस अन्तरगत हुन्छन् जसमा सहनाई र दमाहाका दुई दुई वटा हुन्छन् । सनही र नरसिङ्गा फुकेर, ठूलो दमाहा, सानो दमाहा, ढोलक र ट्याम्को ठोकेर तथा झ्याम्टा र मुजुरा एक आपसमा जुधाएर बजाइन्छ ।

नौ जना वाद्यवादक लोककलाकारहरूले सुर र ताल मिलाएर एकैपटक बजाउने गरेकाले यो वाद्य समूहलाई नौमती बाजा भनिएको हो । पछिल्लो समय नौमती बाजा लोप हुँदै गइरहेको अवस्थामा नौमती बजा संरक्षणका लागि अभियान नै सुरु गरिएको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*