Home / Feature Breaking news / महिला संघले मनायाे सहिद दिवश

महिला संघले मनायाे सहिद दिवश

दाङ, १६ माघ
नेपाल महिला संघ दाङ क्षेत्र नम्बर २ ले सहिद दिवश मनाएको छ । शुक्रवार नारायणपुरमा एक कार्यक्रमको आयोजना गरि सहिद दिवश मनाएका हुन् । महिला संघ क्षेत्र नम्बर २ का अध्यक्ष जानका केसीको अध्यक्षता एवं नेपाल महिला संघका केन्द्रीय सदस्य गिरिजादेवी न्यौपानेको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बोल्ने वक्ताहरुले सहिदको बलिदानीले लोकतन्त्र स्थापनामा भएको भन्दै सहिदहरुको योगदानको सधै कदर गर्नु पर्ने बताएका थिए । उनीहरुले देशकालागि प्राण आहूति दिने सहिदहरु स्मरणमा रहने बताए ।

कार्यक्रममा नेपाली कांग्रेस दाङका उपसहभापति कमानसिंह भारति, कोषाध्यक्ष सावित्रा राना, क्षेत्रीय सभापति भुपबहादुर डाँगी, क्षेत्र नम्बर २ क का सभापति कमल गौतम, महाधिवेशन प्रतिनीधी सुशीला थापा, महाधिवेशन प्रतिनीधी पुष्पा श्रेष्ठ, नेपाली कांग्रेस जिल्ला सदस्यहरु कमल वली, बालिका लम्साल, निर्मल न्यौपाने, महिला संघका जिल्ला अध्यक्ष गोमा रावत, दलित संघका जिल्ला अध्यक्ष बाबुराम बिक, नेपाली कांग्रेस तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १८ का सभापति हिमबहादुर डाँगी लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । महिला संघ क्षेत्र नम्बर २ का सह अध्यक्ष सुशीला पौडेलको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा क्षेत्रीय उपाध्यक्ष केशरा पोख्रेलले धन्यवाद ज्ञापन गर्नुभएको थियो । कार्यक्रमको सहजिकरण क्षेत्रीय सचिव पार्वता योगीले गर्नुभएको थियो ।

यसैबीच नेपाल महिला संघ क्षेत्र नम्बर २ ख को विस्तार गरिएको छ । शुक्रवार नारायणपुरमा भएको महिला संघको भेलाले प्रदेश क्षेत्रीय कार्यसमिति विस्तार गरेको हो । प्रदेश क्षेत्रीय अध्यक्ष लक्ष्मी शाहको अध्यक्षता एवं नेपाल महिला संघका केन्द्रिय सदस्य गिरिजादेवी न्यौपानेको प्रमुख आतिथ्यमा भएको भेलाले कार्यसमिति विस्तार गरेको हो । प्रदेश क्षेत्रीय उपाध्यक्षमा बिजुला परियार, सचिवमा शारदा केसी, कोषाध्यक्षमा बालिका पन्त, सहसचिवमा सीता बस्नेत र सदस्यहरुमा रमा डाँगी, शोभा न्यौपाने, रेखा केसी, निर्मला न्यौपाने, शोभा गौतम, विनिता सुनार, शोभा बस्नेत, पुष्पा डाँगी रहनुभएको छ । यस्तै महिला संघ वडा अध्यक्षहरु पनि चयन गरिएको छ । जस अन्तरगत घोराही उपमहानगरपालिका वडा नम्बर ८ को अध्यक्षमा बाला रावत, १० को अध्यक्षमा छवी बस्नेत एमसी, ११ को अध्यक्षमा देवा लम्साल, १२ को अध्यक्षमा जीवा लम्साल, तुलसीपुर उपमहानगरपालिका वडा नम्ब १६ को अध्यक्षमा अमृता बस्नेत, १८ को अध्यक्षमा कल्पना बस्नेत, १९ को अध्यक्षमा धनसरी वली रहनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*