Home / समाचार / द्वन्द पीडित तथा विपन्न परिवारलाई कम्मल

द्वन्द पीडित तथा विपन्न परिवारलाई कम्मल

दिप्तीशिखा चौधरी

दंगीशरण, १३ माघ । थारु कल्याणकारिणी सभा दाङ देउखुरीले दंगीशरणका द्धन्द पीडित तथा विपन्न घर परिवारलाई कम्मल वितरण गरेको छ ।

मंगलवार एक कार्यक्रमको आयोजना गरी दंगीशरण गाउँपालिकाको कार्यालय हेकुलीमा कम्मल वितरण गरेको जनाएको छ । दंगीशरण गाउँपालिकाका १३ जना द्धन्द्ध पीडितहरुलाई गाउँपालिकाका अध्यक्ष भागीराम चौधरी र थारु कल्याणकारिणी सभा दाङका अध्यक्ष भुवन चौधरीले सो कम्मल वितरण गर्नुभएको हो ।

कार्यक्रममा गाउँपालिकाका अध्यक्ष भागिराम चौधरीले राहत स्वरुपमा द्धन्दपिडितहरुको समस्यालाई मध्यनजर गर्दै कम्मल वितरण गरेको भन्दै सहयोगि सस्ंथाहरुलाई धन्यवाद दिनुभयो । अध्यक्ष चौधरीले गाउँपालिकामा रहेका विपन्न वर्ग तथा द्धन्द पिडितहरु अव पनि खुम्चेर बस्नुपर्ने अवस्था नरहेको बताउँनु भयो । “समस्याहरु लिएर आउँनुस् स्थानीय सरकार छ परेको खण्डमा सहयोग गर्न तयार छ ।”अध्यक्ष चौधरीले भने ।

त्यस अवसरमा थारु कल्याणकारीणि सभा दाङका अध्यक्ष भुवन चौधरीले दंगीशरणमा रहेका द्धन्द पिडितहरुका लागि सानो भएपनि सहयोग गर्नका लागि मधेसी एशोसीयसन अमेरीका बाट महाविर चौधरीको सहयोगमा कम्मल वितरण गरेको बताउनुभयो । अमेरीकामा रहेका महाविर चौधरीले द्धन्द्धपिडितहरु र विपन्न घरपरिवारलाई जाडो मौसममा राहत स्वरुप कम्मल वितरण गर्नुपर्छ भनेपछि थारु कल्याणकारीणीले समन्वय गरेर यस खालको कार्यक्रम दंगीशरणमा ल्याएको बताउँनुभयो ।

सो अवसरमा द्धन्दपिडित देव वहादुर सार्किले सरकारले द्धन्दपिडितहरुको समस्या राज्यले बेवास्ता गरेको गुनासो गर्नुभयो । “हामी उस्ताउस्तै छौँ कुनै तरिकाबाट हाम्रो गुनासो सुनुवाई भएन ।” सार्किले गुनासो गर्नुभयो । मधेसी एशोसीयसन अमेरीकाको सहयोग तथा थारु कल्याणकारिणी सभा क्षेत्रीय समितिको समन्वय र थारु कालयाणकारिणी सभा दाङ देउखुरीको आयोजना भएको कार्यक्रमको शहजीकरण थारु कल्याणकारिणी सभा क्षेत्र न. ३ का सभापती महेश चौधरीले गरेका थिए । कार्यधmममा १६ जना द्धन्दपिडित तथा विपन्न घरपरिवारलाई कम्मल वितरण गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*