Home / Feature Breaking news / खुला भलिबल प्रतियोगिता हुने

खुला भलिबल प्रतियोगिता हुने

लक्ष्मण बस्नेत
तुलसीपुर, ८ माघ । दाङ तुलसीपुरको बालापुरमा जिल्ला कै सर्वाधिक ठुलो पुरस्कार राशीको खुला भलिबल प्रतियोगिता २०७७ हुने भएको छ ।
सक्सेस फुटबल क्लब तुलसीपुर दाङको आयोजनामा तथा तुलसीपुर उपमहानगरपालिका–२ र दंगीशरण गाउँपालिका–५ को संयुक्त सहयोगमा संचालन गरिन लागेको प्रतियोगिता यहि माघ २२ गतेदेखि सुरु हुुनेछ ।

स्थानीय स्तरमा भलिबल खेलको पहुँच अभिवृद्धि गर्दै प्रतिभावान खेलाडीको पहिचान र विकासमा टेवा पुर्‍याउने उदेश्यका साथ आयोजना गरिएको प्रतियोगितामा झण्डै १८ बढी टिमको सहभागिता रहने प्रतियोगिता संचालन मुल समितिका संयोजक ढुण्डीराज न्यौपानेले जानकारी दिएका छन् ।

बिश्वब्यापी रुपमा फैलिएको कोरोना भाईरस का कारण ठप्प बनेको स्थानीय स्तरको खेल गतिबिधीलाई चलाएमान बनाउन सुरक्षा सम्बन्धित सम्पूर्ण मापदण्ड अपनाउदै तुलसीपुर २ मा अबस्थित माध्यामिक विद्यालय बालापुर खेल मैदानमा प्रतियोगिता संचालन गरिनेछ ।

प्रतियोगिताको बिजेता,उपबिजेता र तृतीय स्थान हासिल गर्ने टिमले क्रमशः नगद ७५, ५० र ३० हजार तथा कप, मेडल तथा प्रमाणपत्र हात पार्ने आयोजक क्लबका अध्यक्ष सुरज वलीले जानकारी दिएका छन् ।

यसैविच आयोजकले यतिबेला प्रतियोगिताको तयारीलाई तिब्र पारेको छ । टिम दर्ता,प्रचारप्रसार, आर्थिक ब्यबस्थापन, खेल मैदान निर्माण लगायतका पक्षमा तिब्रता दिएको बताएका छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*