Home / Feature Breaking news / खुसी छु म आज हिजोभन्दा धेरै…

खुसी छु म आज हिजोभन्दा धेरै…

खेमराज रिजाल

तुलसीपुर, ६ माघ । एउटा अधुरो सन्तानले जीवन पाइरहँदा तुलसीपुर उपमहानगरपालिका लुहाडवराकी रेशा रावत अत्यन्तै खुसी छिन् । याद गुमाएको आफ्नै शिशुलाई उनले दूध निचोरेर पाइपबाट खुवाएर बचाउने प्रयासमा छिन् । खुसी छु म आज हिजोभन्दा धेरै.. । अर्थात अब मैले जन्म दिएको शिशुलाई जसरी पनि बचाउँछु । ‘हिजो एनआइसियुमा थियो, आज मेरो काखमा आएको छ, मेरै दूध निचोरेर चम्चाबाट खुवाइरहेकी छु’, तुलसी बाल अस्पतालमा उपचाररत शिशुको स्याहर गर्दै उनले पत्रकारमाझ भनिन् ।

अन्य रोगको जाँच गराउन घोराहीको गोरखा अस्पतालमा पुग्दा उनलाई सुत्केरी व्यथाले च्याप्यो । महिना नपुगेको शिशुको जन्म भयो । सामान्यतया ९ महिनामा जन्मनुपर्ने बच्चा ६ महिनामै सोही अस्पतालमा जन्मियो । तौल निकै कम थियो । अनि गोरखा अस्पतालले बच्चालाई तत्काल तुलसी बाल अस्पतालमा लैजान रिफर ग¥यो ।

कारण बच्चाले आमाको दुध चुस्ने कल्प्ना गर्न पनि सकिने अवस्था थिएन । जन्मदा बच्चाको तौल ८ सय ग्राम मात्र थियो । तर तुलसीपुर वाल अस्पतालमा ल्याएपछि बच्चालाइ एनआइसियुमा राखियो, धेरै एन्टिवायोटिक्स, रगत र अन्य भिटामिन पनि दिइयो, अनि अहिले बच्चा आशावादी रुपमा विकास भइरहेको छ ।

आमाको काखमा बस्न लायक भएको छ । तौल बढेर साढे दुई केजी भएको छ । ‘म अस्पतालका चिकित्सक, नर्स र सबै स्टाफहरुप्रति आभारी छु, उहाँहरुको सहयोगलाई मैले शब्दमा व्यक्त गर्नै सक्दिनँ’, आमा रेशाले भनिन्– ‘अब म दुई सन्तानकी आमा बनेकी छु, पहिले छोरी र अहिले छोरा हुर्काउँदै छु । उनले अस्पतालका सबै स्वास्थ्यकर्मी र व्यवस्थापकीय टिमलाई धन्यवाद दिइन् । सँगै उनको सानो सन्तानले अक्सिजन लिइरहेको थियो । किनकि अझै पनि बच्चा परिपक्व भएको छैन । धेरै संक्रमणका खतरा हुन सक्छन् भनेर चिकित्सकहरुले सुझाइरहेको पनि उनले बताइन् ।

यो सायदै दुर्लभ केश हो । बच्चाका लागि एनआइसियु नभएको भए यति सानो तौलको बच्चा बाँच्ने कुनै आधार हुने थिएन । तर तुलसीपुरमा खुलेका तुलसी बाल अस्पतालले एउटा अद्वितीय काम गरेको अभिभावक सन्तोषले बताएका छन् । अस्पतालका सञ्चालक डा. किशोर खत्री आफू पनि बिरामी बच्चालाई कसरी बचाउन सकिन्छ भनेर विभिन्न मेडिकल अभ्यास गरिरहेको बताए । सकेसम्म नवजात शिशुलाई कसरी बचाउन सकिन्छ भनेर धेरै आधुनिक उपकरण र औषधि व्यवस्थापनसहित आवश्यक परेको अवस्थामा अन्यत्र लगेर पनि निको पार्ने अभियानमा आफू रहेको उनको अभिव्यक्ति थियो ।

‘प्राक्टिस मेक्स मेन पर्फेक्ट, त्यसै अभियानमा आधुनिक स्वास्थ्य विज्ञानलाई पछ्याउँदै बिरामी बच्चाहरुको उपचारमा लागिरहेका छौं, अहिलेको घटनाले हामीलाई पनि उत्साहित बनाएको छ’, सोही बच्चा बचाउन सफल भएको सन्दर्भमा अस्पतालका सञ्चालक डा. खत्रीले गोरक्षलाई भने ।

‘बच्चा जन्मिने समय तीन महिनापछि थियो, तर विभिन्न समस्याले चाँडै जन्मियो, त्यो बच्चालाई बचाउनु पनि हामीलाई एउटा चुनौती थियो, त्यसैले गोरखा अस्पतालमा जन्मिएको बच्चालाई सहजै उपचार गर्ने तयारी ग¥यौं’, डा. खत्रीले भने । उपचारका दौरानमा नाकबाट पाइप राखेर पोषक पदार्थ खुवाउने, एन्टिवायोटिक्स चलाउने, अक्सिजन दिनेलगायतका धेरै काम गरेपछि फेरि बच्चालाई रगतको कमी भएपछि नेपालगञ्ज पठाइएको पनि उनले बताए ।

‘यहाँ सबै उपचार सकेसम्म ग¥यौं, तर बच्चालाई आवश्यक पर्ने आरबिसी, डव्लुबिसी र प्लेछलेछ पनि चढाउनुपर्ने भयो, त्यसैले केही दिनका लागि नेपालगञ्ज मेडिकल कलेजमा हामीले नै रिफर गरेका हौं’, डा. खत्रीले बताए । सायद यति सानो तौल र यति चाँडै समयमा बच्चा बचेको अवस्था दुर्लभै हो । उनले यसलाई मेडिकल साइन्सको भाषामा एक्सट्रम्ली प्रिमेचुअर वेवी भनेका छन् । यो विरलै हुने अवस्था हो । किनकि बच्चाकी आमामा थाइराइडलगायतका केही समस्या पनि थिए । तर पनि हामी अहिले गौरवान्वित भएका छौं, कि ती आमा र नवजात शिशुलाई सकुशल डिस्चार्ज गर्दैछौं ।

मुलुक नयाँ अभ्याससँगै हरेक हेल्थपोष्टमा चौबीसै घण्टे सुत्केरी सेवा, सबै संस्थामा मातृशिशु स्याहार कार्यक्रम, आमा सुरक्षा कार्यक्रमलगायतका लोकप्रिय कार्यक्रम लागू गरे पनि सरकारी निकायमा दाङ जिल्लाको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा तुलसीपुरको प्रादेशिक अस्पतालमा समेत बच्चाको उपचारका लागि सघन कक्ष निर्माण हुन सकेको छैन ।

नवजात शिशुका उपचारका लागि एनआइसियु उपचार कक्ष नहुँदा धेरै आमाहरु सकेसम्म बच्चा जन्माउन यहाँ चाहँदैनन्, र चिकित्सकले पनि हतपती त्यो रिस्क लिन चाहेको अवस्था छैन । त्यसैले नेपाल सरकारले जतिसुकै नारा दिए पनि आमाहरुले बच्चाको पनि सुरक्षाको ग्यारेन्टी भएको स्थानमा बच्चा जन्माउन जाने गरेका छन् । यसलाई तुलसीपुर बाल अस्पतालले मात्रै थेग्ने अवस्था नरहेको पनि अभिभावकहरुको गुनासो रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*