Home / Feature Breaking news / बंगलाचुलीमा विरोध सभा, संविधान कुल्चने काम भयोः खनाल

बंगलाचुलीमा विरोध सभा, संविधान कुल्चने काम भयोः खनाल

दाङ, ४ माघ

संसद विघटनको विरोधमा नेपाली कांग्रेस केन्द्रिय समितिको निर्देशन अनुसार शनिवार देशभर पालिकास्तरिय विरोध सभाहरु भएका छन् । दाङको पहाडी क्षेत्र बंगलाचुली गाँउपालिकामा पनि नेपाली कांग्रेसको आयोजनामा संसद विघटन, सर्वसत्ताबाद र भ्रष्ट्राचारको विरूद्धमा आयोजित विरोध सभा शनिवार सम्पन्न भएको छ । नेपाली कांग्रेस बंगलाचुली गाँउपालिकाको आयोजनामा ¥याली तथा विरोध सभा भएको थियो ।

नेपाली कांग्रेस बंगलाचुली गाउपालिकाका सभापति जागेश्वर अधिकारीको अध्यक्षता एवं संविधानसभा सदस्य राजु खनालको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि खनालले नेकपा पार्टिभित्रको आन्तरिक विवादका कारण संविधान कुल्चेर संसद विघटन गरेको बताउनुभयो । जनताले करिब दुई तिहाई मत दिएर सरकार सञ्चालनको अधिकार दिएपनि नेपाल कम्यूनिष्ट पार्टिले जनताको मतको अपमान गर्दै संविधानको मर्म विपरित कार्य गरेको उहाँको भनाई थियो ।

संसद विघटन गरेको बताउनुभयो । जनताले करिब दुई तिहाई मत दिएर सरकार सञ्चालनको अधिकार दिएपनि नेपाल कम्यूनिष्ट पार्टिले जनताको मतको अपमान गर्दै संविधानको मर्म विपरित कार्य गरेको उहाँको भनाई थियो । ‘कुर्सीकालागी पार्टिभित्रको आन्तरिक द्धन्द मिलाउन नसक्ने अनि संविधान कुल्चेरै संसद विघटन गर्ने काम नेकपाले गरेको छ । नेपाललाई दुर्घटनामा लैजाने काम नेकपाले गरेको छ’ उहाँले भन्नुभयो– ‘जनताले दिएको मतको अपमान वर्तमान सरकार अर्थात नेकपाले गरेको छ ।’

उहाँले पछिल्ला समयमा भएका भ्रष्ट्राचारमा सरकारमा रहेका मन्त्रीहरु नै सामेल भएको प्रमाण बाहिरिदा पनि सरकारले कारबाही गर्न नसकेको बताउनुभयो ।

संविधान सभा सदस्य खनालले नेपाली कांग्रेस जनता, विकास र समृद्धिकोलागी पक्षमा रहेको भन्दै संगठनलाई सक्रिय बनाएर लैजानुपर्ने बताउनुभयो । पार्टिलाई बलियो बनाउनकालागी तल्लो स्तरसम्म संगठन क्रियाशील हुनुपर्ने भएकाले कार्यकर्ताहरुलाई आ–आफ्नो वडामा संगठन क्रियाशील बनाउन अनुरोध गर्नुभयो ।

कार्यक्रममा नेपाली कांग्रेस दाङका पूर्व सभापति मोहनलाल वली, महासमिति सदस्य खगराज पाण्डे, पूर्व महाधिवेशन प्रतिनिधी कृष्णप्रसाद सुवेदी, नेपाली काग्रेसका पूर्व जिल्ला सदस्य पूर्णबहादुर मल्ल, नेपाली काग्रेस क्षेत्र नम्बर २ का कोषाध्यक्ष हेमराज पाण्डे, नेपाल महिला संघ क्षेत्र नम्बर २ का सह–संयोजक सुशीला पौडेल, नेपाल महिला संघ क्षेत्र नम्बर २ (क) का सभापति यशोदा पाण्डेले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

यसैगरि बंगलाचुली गाँउपालिका उपाध्यक्षका प्रत्यासी निर्मला खनाल, बंगलाचुली गाँउपालिका वडा नम्बर १ का वडा अध्यक्ष पदमबहादुर खत्री, नेपाली कांग्रेस बंगलाचुली गाँउपालिका १ का सचिव विनोद गौतम, २ का उपसभापति बासुदेव पाण्डे, ४ का सभापति धनेश्वर पुलामी, ५ का सभापति केशव जि.सी, ६ का सहसचिव हिमाल महरा, ७ का सभापति तेजबहादुर खत्रीले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा सहभागीहरूले बंगलाचुली गाँउपालिका एवं वडा कार्यालयहरूले राजनितिक पूर्वाग्रहमा रहेर भेदभाव गरेको गुनासो व्यक्त गरेका थिए । साथै उनीहरूले पार्टिको आन्तरिक समस्याका कारण गाउँ तहसम्म काम गर्न समस्या भएको पनि बताएका थिए ।

नेपाली कांग्रेस बंगलाचुली गाउपालिका उपसभापति शिवराज परियारको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रमको सहजिकरण बंगलाचुली गाँउपालिका ईकाइ सचिव बलदेव मल्लले गर्नुभएको थियो । विरोध सभा हुनुभन्दा पहिले जुम्लेपानीदेखी मुर्कुटीसम्म मोटरसाईकल र्याली र कमिरेचौर बजारमा विरोध पर्दशन गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*