Home / Feature Breaking news / कांग्रेसद्वारा लमहीमा विरोध प्रदर्शन

कांग्रेसद्वारा लमहीमा विरोध प्रदर्शन

शिबराज खनाल
लमही, २ माघ । नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटनविरुद्ध शनिवार देशका ७५३ वटै स्थानीय तहमा विरोध प्रदर्शन गरेको छ । केन्द्रीय कार्यक्रम अनुसार लमही नगरपालिका सतवरीय नगरपालिका स्तरीय बिरोध कार्यक्रम सम्पन्न भएको छ ।

लमही नगरपालिकाका सभापति शिबप्रसाद चौधरीको अध्यक्षता तथा नेकाका केन्द्रिय सदस्य एबम संविधानसभा सदस्य योगेन्द्र चौधरीको प्रमुख आतिथ्यता एव नेका जिल्ला कार्यसमिति दाङका उपसभापति हिरालाल चौधरी र नेपाली कांग्रेस क्षेत्र नं.१ का महासमिति सदस्य जानकी लाल बस्नेतको विशिष्ट आथित्यकामा बिरोध कार्यक्रम सम्पन्न भएको हो ।

यस अघि पुस १३ गते १६५ निर्वाचन क्षेत्रमा कांग्रेसले विरोध सभा गरिसकेको छ । त्यस्तै माघ ८ गते सबै वडाहरुमा विरोध गर्ने कांग्रेसले जनाएको छ ।

कार्यक्रममा लमही नगरपालिका उपप्रमुख देबका बेल्बासे, नेपाल महिला सघ जिल्ला सचिब लक्ष्मी योगी,, महाअधिबेशन प्रतिनिधि रेशमबहादुर खडका, दाङ क्षेत्र नं. १ ख का प्रदेश सभापति देवाङजंङ चौधरीलगायतले मन्तव्य व्यक्त गरेका थिए ।

लमही नगरपालिका–५ का वडा सभापति नेत्रराजसिंह ठकुरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण नेपाली कांग्रेसका लमही नगर सचिव राजेन्द्र खडकाले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*