Home / समाचार / ७१ सदस्यीय राष्ट्रिय युवा संघ दाङ, दश वटै स्थानीय तहमा जिम्मेवारी तोकियो

७१ सदस्यीय राष्ट्रिय युवा संघ दाङ, दश वटै स्थानीय तहमा जिम्मेवारी तोकियो

दाङ,२९ पुस । नेकपा दाङ प्रचण्ड–माधव नेपाल समूहले राष्ट्रिय युवा संघ दाङलाई पूर्णता दिएको छ । एकतापछि राष्ट्रिय युवा संघ नेपालले केन्द्रदेखि जिल्ला तहसम्म एकता प्रक्रिया टुङ्गाउने क्रममा संगठनको विधान तथा केन्द्रीय निर्देशन अनुरुप दाङमा एकता प्रक्रियालाई टुंग्याएको जनाएको छ ।

जस अन्तर्गत ७१ सदस्यीय जिल्ला कमिटी गठन गरिएको छ । त्यसैगरी जिल्लाका दश वटै स्थानीय तहहरुमा संयोजक तथा सहसंयोजकहरु तोकिएको राष्ट्रिय युवा संघ दाङका संयोजक प्रेम बुढाले जानकारी दिएका छन् । उनका अनुसार संघले घोराही उपमहानगरपालिका संयोजकमा कुशल बुढा र संहसयोजकमा पुष्प विक, तुलसीपुर उपमहानगरपालिका संयोजकमा जीतबहादुर वली र सहसंयोजकमा हेविन्द्र शाही, लमही नगर संयोजकमा हुर्मत गिरी र सहसंयोजकमा प्रेमप्रसाद पुलामीलाई जिम्मेवारी दिएको छ ।

त्यसैगरी बंगलाचुली गाउँपालिका संयोजकमा प्रेम सारु मगर र सहसंयोजकमा तिलक विक, दंगीशरण गाउँपालिका संयोजकमा माधव विक र सहसंयोजकमा चंखु चौधरी, शान्तिनगर संयोजकमा दिपक परियार र सहसंयोजकमा कुमार केसी र बबई गाउँपालिका संयोजकमा टोपेन्द्र थापा र सहसंयोजकमा प्रेम केसी रहेका छन् ।

राप्ती गाउँपालिका संयोजकमा दिपक पुन र निर्शग शाह, गढवा गाउँपालिका संयोजकमा गोविन्द रोका र सहसंयोजकमा केशु चौधरी र राजपुर गाउँपालिका संयोजकमा बिरेन्द्र ठेडी मगर र सहसंयोजकमा दिपक चौधरी रहेका छन् । राष्ट्रिय युवा संघ दाङ जिल्ला कमिटीमा इराक घर्ती,अनिलराज सेर्पाली, सुवास विक, हेमा गिरी, घनश्याम पुन, सन्तोष वली, दिपक केसी (सूर्य),जविन राणा, आजित मनसुरी, हिमाल रसाइली, दिपक वली, भीमसेन बुढा,, बिष्णा घर्ति, अशोक घर्ती रहेका छन् ।

त्यसैगरी बिप्लव वली, नरबहादुर राणा, खेमलाल रोका, भुवन थापा, स्रमाट भण्डारी,लक्ष्मण शर्मा, पदम पौडेल, पञ्चमाया गिरी,चम बिष्ट, अनिव चौधरी, मिसन गुर्ताल, विवेक रोका,तिलक वली, टिकाराम भण्डारी, बसन्त भण्डारी, रमेश बस्नेत, सुशील परियार, आकृती वली,रवि थापा, विपिन रोका, मनिष पुन, अक्षय चौधरी, विश्वजीत बुढा, रिवु सिद्धिकी, सुनिल चौधरी, कुलदीप केसी, प्रशुनाराण चौधरी, भीमबहादुर थापा, मुकेश परियार, सुदन नेपाली, अनिता शर्मा, दिपक केसी, अर्जुन चौधरी, हिमाल पौडेल, टेकन गौतम, मनोज डाँगी,मदन घर्ती, मदन पुन, विजय आचार्य, किसन भट्राई,रमेश विक, रोशन केसी, कमल चौधरी,जीवन खड्का, लेलिन बञ्जाडे, ओमप्रकाश रोका, गणेश बस्नेत,ललित कुमाल र टेकबहादुर केसी सदस्य रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*