Home / खेलकुद / खुला भलिबलको उपाधी रुकुम पश्चिमलाई

खुला भलिबलको उपाधी रुकुम पश्चिमलाई

लक्ष्मण बस्नेत
तुलसीपुर,२६ पुस । दाङको तुलसीपुरमा जारी खुला पुरुष भलिबल प्रतियोगिता २०७७ को उपाधी जिल्ला भलिबल संघ रुकुम पश्चिमले जितेको छ ।

स्वतन्त्र युवा क्लब तुलसीपुरको आयोजनामा उल्लेख्य दर्शकले खचाखच भरिएको तुलसीपुर अरनिको मैदानमा संचालित प्रतियोगिताको फाइनल खेलमा सशस्त्र प्रहरी बल नं. ५ बाहिनीलाई २५–२३, २५–१८ र २५–१५ को सोझो सेटमा पाखा लगाउदै जिल्ला भलिबल संघ रुकुम पश्चिमले उपाधी जितेको हो ।

उपाधीसंगै उसले नगद ५० हजार,ट्रफि, मेडल तथा प्रमाणपत्र हात पारेको छ । त्यस्तै फाईनलमा पराजित सशस्त्र प्रहरी बल नं.५ बाहिनी उपबिजेतामा समित रहदै २५ हजारमा चित्त बुझाउन बाध्य भयो । त्यस्तै डिबि फेसन गार्मेट तृतिय भएको छ । उसले नगद १५ हजार जित्यो ।

स्थानिय स्तरमा भलिबल खेलको पहुँच अभिवृद्धि गर्दै प्रतिभावान खेलाडी को पहिचान र बिकासमा टेवा पुर्‍याउने गर्ने उदेश्यका साथ आयोजना गरिएको प्रतियोगितामा २१ टिमको सहभागिता रहेको थियो । प्रतियोगिता अबधिभर रेफ्रीको भूमिकामा भलिबलका राष्ट्रिय रेफ्री हरिश ओली र भलिबलका सहायक प्रशिक्षक भीम डाँगी, स्कोररमा टेवलटेनिसका सहायक प्रशिक्षक केशबप्रसाद श्रेष्ठ, भानु घर्तीलगायत रहेका थिए ।

यसैविच प्रतियोगिताको समारोह आयोजक क्लबका अध्यक्ष संदिप गौतमको अध्यक्षता तथा नेपाली काग्रेस यातायात बिभाग केन्द्रीय सदस्य सुरेश हमालको प्रमुख आतिथ्य एवं तुलसीपुर उपमहानगरपालिका युवा तथा खेलकुद समितिका संयोजक अमर नेपाली माईकलको विशिष्ट आतिथ्यमा भएको थियो । प्रतियोगिता अबधिभर उत्कृष्ट खेल प्रदर्शन गर्ने ब्यक्तिगत बिधातर्फ सशस्त्र प्रहरी बल नं ५ बाहिनीका ललित थापा मगर बेस्ट लिब्रो, रुकुम पश्चिमका सुजन चोखाल बेस्ट सेटर र सुस्ता गाउँपालिका नवलपरासी सुरेन्द्र गुरौ बेस्ट स्पाकर घोषित भए । कार्यक्रमको संचालन खेल पत्रकार लक्ष्मण बस्नेतले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*