Home / Feature Breaking news / कृषि क्रान्तिमा डाईनामिक मल्टी बिजनेस

कृषि क्रान्तिमा डाईनामिक मल्टी बिजनेस

दाङ,२५ पुस । सामूहिक नेतृत्वका माध्यमबाट कृषि क्रान्ति गर्ने उद्देश्यले स्थापना भएको डाइनामिक मल्टी बिजनेस दाङ प्रालिले प्रथम बार्षिक साधारणसभा सम्पन्न गरेको छ । घोराही उपमहानगरपालिका–१७ गैरागाउँमा रहेको प्रालिले मोहनबहादुर केसीको अध्यक्षतामा साधारणसभा सम्पन्न गरेको छ ।

एक बर्ष पहिले स्थापना भएको प्रालिले व्यवसायीक रुपमा कागती खेती, केरा खेती, माछापालन, भैसीपालन, पाडापालन, बट्टाईपालन, हाँसपालन गर्दै आएको छ । व्यवसायलाई बढाउँदै अघि बढेको प्रालिले यहि बर्षदेखि कडकनाथ कुखुराको व्यवसायीक पालन सुरु गर्ने गरि खोर निर्माणको काम भैरहेको प्रालिका सञ्चालक समिति सदस्य युवराज पौडेलले जानकारी दिएका छन् ।

‘दाङमा प्रवृधिका माध्यमबाट कृषि व्यवसाय गर्दै आर्थिक वृद्धि गर्ने र रोजगारीका अवसरहरु सिर्जना गर्ने मुख्य उद्देश्य छ’–प्रालिका सञ्चालक सदस्य पौडेलले भने–‘त्यही अनुसार दुई विगाह ५ कट्ठा जमिन लिजमा लिएर विभिन्न व्यवसाय सुरु गरेका छौ ।’ उनले थप नयाँ व्यवसाय थप गर्ने योजनामा रहेको समेत जानकारी गराए ।

साधारणसभामा व्यवसायीक योजना प्रस्तुत गर्दै प्रालिका सदस्य पौडेलले दुई लाख रकमबाट सुरु गरिएको व्यवसायबाट दश बर्षपछि सदस्यहरुले प्रतिव्यक्ति १३ लाख प्रतिफल गर्न सकिने बताएका थिए । कृषि व्यवसायका माध्यमबाट आर्थिकवृद्धिसँगै जिल्लामा रोजगारीका अवसरहरु सिर्जना गर्ने लक्ष्य रहेको छ उनले भने–‘सामूहिक कृषिका माध्यमबाट आर्थिक समृद्धि र जिल्लामा रोजगारीका अवसरहरु सिर्जना गर्ने गरि काम गरिरहेका छौ ।’

दुई विगाह ५ कट्ठा लिजमा लिएर सञ्चालन भएको प्रालिमा विभिन्न पेसामा आवद्ध प्युठानबाट बसाई सरी दाङमा बसोवास गर्दै आएका ३० जना युवाहरुको सहभागिता रहेको छ ।  साधारणसभाले मोहनबहादुर केसीको अध्यक्षतामा नौ सस्य सञ्चालक समिति गठन गरेको छ । सञ्चालक समितिमा युवराज पौडेल, खुशलराज सुवेदी, मदन केसी, केशव धामी, मानकुमार राना, श्याम थापा, युवराज थपलिया र नविन पोख्रेलका छन् ।

त्यसैगरी साधारणसभाले तीन जनालाई सल्लाहकारमा चयन गरेको छ । सल्लाहकारमा खडानन्द खनाल, खिमबहादुर अधिकारी र चेतबहादुर राहु रहेका छन् । साधारणसभाले सदस्यहरुबाट प्रत्येक महिना ५ सय रुपैया उठाउने गरि डाईनामिक बचत कोष समेत स्थापना गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*