Home / Feature Breaking news / तुलसीपुर ११ मा सुत्केरीको घरमै चेकचाज

तुलसीपुर ११ मा सुत्केरीको घरमै चेकचाज

तुलसीपुर,२६ पुस । तुलसीपुर उपमहानगरपालिका–११ मा सुत्केरी आमाहरुलार्इ घरमै सुत्केरी चेकजाँच सेवाको शुरू गरिएको छ । तुलसीपुर उपमहानगरपालिका–११ नम्बर वडा कार्यालय उरहरीको आर्थिक सहयोग तथा उरहरी स्वास्थ्य चौकीको प्राबिधिक सहयोग तथा सक्रियतामा वडाका विभिन्न टोलीमा सुत्केरी चेकजाँचसंगै आबश्यक सामाग्री बितरण गर्न शुरु गरिएको वडा अध्यक्ष चित्र बहादुर वलीले जानकारी दिएका छन् ।

वडामा गएको शुक्रबारदेखि शुरु गरिएको हो । अभियानमा सुत्केरी आमाहरुलार्इ ३ पटकसम्म अनिबार्य र थप आबश्यक्ता अनुसार घरमै पुगेर सुत्केरी आमा तथा बच्चाको स्वास्थ्य जाच गर्ने उदेश्यले शुरु गरिएको अभियानलाई ब्यापक रुपमा बिस्तार गर्दै लैजाने योजना अनुरुप अगाडी बढेको उरहरी स्वास्थ्य चौकी बेल्टाकुराका प्रमुख चित्र ओलीले बताए । उनका अनुसार अभियान अन्तर्गत सुत्केरी आमालाई आबश्यक औसधि, ज्वानो, साबुन, नङकटलगायतका सामाग्रीहरु समेत प्रदान गरिएको छ ।

सुत्केरी भए पश्चात २४ घन्टामा, तेस्रो दिनमा र सातौ दिनमा घरमै पुगेर गरिने पिएनसी जाच कार्यक्रम एक महत्वपूर्ण अनि स्वास्थ्य क्षेत्रमा एउटा उदाहरण बन्ने बिश्वास लिइएको स्वास्थ्य चौकीको स्वास्थ्यचौकी प्रमुख ओलीले बताए । आगामी दिनहरुमा यस्तै नयाँ अनि उपयोगी स्वास्थ्य अभियानहरु अगाडी बढाउने तुलसीपुर उपमहानगरपालिका स्वास्थ्य प्रबर्द्धन शाखा, ११ नम्बर वडा कार्यालय तथा उरहरी स्वास्थ्य चौकीको योजना रहेको छ ।

सुत्केरी भत्ताका लागि समेत पिएनसी जाच अनिबार्य गर्नुपर्ने नियम भएकाले पनि यो अभियान थप प्रभवकारि तथा उपयोगी हुने अपेक्षा गरिएको वडा सदस्य सुबास डाँगीले बताए ।

वडाका अध्यक्ष चित्र बहादुर ओली, वडा सदस्य सुबास डाँगी, वडा सचिव लक्ष्मी राना, स्वास्थ्य चौकी प्रमुख चित्र वलीलगायत स्वास्थ्यकर्मीहरुको उपस्थितिमा अभियानको औपचारिक रुपमा उद्घाटन गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*