Home / Feature Breaking news / जेसीजमा पदभार ‘नेतृत्व र क्षमता विकासमा मुख्य ध्यान’

जेसीजमा पदभार ‘नेतृत्व र क्षमता विकासमा मुख्य ध्यान’

दाङ, २५ पुस । दाङ महिला जेसीजको अध्यक्षमा ममाता विष्ट चयन भएकी छिन् । उनले शनिवार नै अध्यक्षको पदभार समेत गरेकी छिन् । दाङ महिला जेसीजले घोराहीमा आयोजना गरेको १२आंँ पद हस्तान्तरण तथा पुरस्कर वितरण समारोहमा महिला जेसीज सन् २०२१ का लागि नवनिर्वाचित अध्यक्ष विष्टले पदभार गरेकी हुन् ।

नवनिर्वाचित अध्यक्ष विष्टलाई वर्ष २०२० की अध्यक्ष जीबा भुसालले पद हस्तान्तरण गरेकी थिइन् । पदभार ग्रहण गर्दै नवनिर्वाचित अध्यक्ष विष्टले दाङ महिला जेसीजलाई महिलाहरुको नेतृत्व र क्षमता विकास गर्ने इन्स्टिच्युटका रुपमा विकास गर्ने प्रतिबद्धता गरिन् । ‘महिलाहरुको क्षमता र नेतृत्व विकासका लागि जेसीजलाई इन्स्टियुटका रुपमा विकास गर्न मेरो मुख्य ध्यान हुनेछ’–उनले भनिन्–‘महिलालाई जेसीजलाई तालिम इन्स्टिच्युटका रुपमा विकास गर्न सवैको सहयोग हुनेछ ।’

महिला जेसीजको कार्यकारिणी उपाध्यक्षमा संगीता गिरी र जुनुकुमारी बुढा, महासचिवमा सुनिता थापा, कोषाध्यक्षमा अनिता ढकाल, जनसम्पर्क अधिकारीमा शारदा घर्ती, उपाध्यक्षमा अर्चना शर्मा, दिलु मल्ल, नोमिका चौधरी र निमा सुनार, शाखा सम्पादकमा नमा शर्मा, सहसचिवमा सरस्वती चौधरी, तालिम निर्देशकमा सिन्धु मल्ललगायतले सपथ लिएका थिए ।

अन्य पदहरुमा नवनिर्वाचित अध्यक्षले मनोनित गर्ने व्यवस्था छ । दाङ महिला जेसीज वर्ष २०२० का अध्यक्ष भुसालको अध्यक्षता तथा नेपाल जेसीजका कार्यकारिणी उपाध्यक्ष सुमनकृष्ण श्रेष्ठको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा बोल्ने वक्ताहरुले युवाहरुको नेतृत्व र क्षमता विकाससँगै सामाजिक विकासको कार्यमा लगाउन आग्रह गरेका थिए ।

कार्यक्रममा नेपाल जेसीजका महासचिव विकास मानन्धर, नेपाल जेसीजका उपाध्यक्ष कल्पना पाण्डे, त्रिभुवननगर जेसीज दाङका अध्यक्ष मुकेश शर्मा, दाङ महिला जेसीजका संस्थापक अध्यक्ष निर्मला गौतम, पूर्व अध्यक्ष निरजा पोख्रेललगायतले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रम संयोजक जुनुकुमारी बुढाको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा नमा शर्माले आस्थापाठ र नमिता चौधरीले जेसीज मिसन–भिजन वाचन गरेकी थिइन् । कार्यक्रमको सहजीकरण महासचिव संगीता गिरीले गरेकी थिइन् । कार्यक्रममा महिला जेसीजलाई सहयोग गर्ने विभिन्न व्यक्तिहरुलाई सम्मान तथा पुरस्कृत गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*