Home / खेलकुद / रोटरी र रोट्र्याक्टको खेलकुद सप्ताह सम्पन्न

रोटरी र रोट्र्याक्टको खेलकुद सप्ताह सम्पन्न

लक्ष्मण बस्नेत
तुलसीपुर,२५ पुस । रोटरी क्लब अफ तुलसीपुर सिटी र रोट्रयाक्ट क्लब अफ तुलसीपुर को सयुक्त आयोजना मा संचालित खेलकुद सप्ताहको शनिवार एक कार्यक्रम बिच समापन गरिएको छ ।

स्वास्थ्य, शिक्षा र खेलकुदलगायत सामाजिक सेवा कार्यमा समर्पित उक्त संस्थाले आफ्नो बार्षिक कार्यक्रम अनुसार खुला ब्याडमिन्टन, मैत्रीपूर्ण फुटसल र क्रिकेटको आयोजना गरेको थियो ।

जस अन्तरगत खुला ब्याडमिन्टन प्रतियोगितामा मोहन भण्डारी र किशोर चौधरीको जोडी प्रथम भएको छ । फाइनलमा नितन गुरुङ र क्षेत्र भण्डारी को जोडीलाई २१–१३,२४–२२ र २१–१८ अर्थात २–१ को सेटमा पराजित गर्दै मोहन र किशोरको जोडीले प्रथम स्थान हासिल गर्न सफल भएको हो ।

त्यस्तै मैत्रीपुर्ण फुटसलमा रोटरी क्लब अफ तुलसीपुर सिटी प्रथम भयो । फाईनलमा रोट्र्याक्ट क्लब अफ तुलसीपुरलाई सुन्यका बिरुद्ध १ गोल अन्तरले पाखा लगाउदै रोटरी क्लब प्रथम भएको हो ।

त्यसैगरी मैत्रीपुर्ण क्रिकेटमा रोटरी क्लब प्रथम भएको छ । फाईनल खेलमा टस जितेर पहिले ब्याटिङ रोजेको रोट्र्याक्टले दिएको १ सय ५९ रन को बिजयी लक्ष्य रोटरी ले १४ ओभर मा भेटाउदै ६ बिकेटले बिजयी हासिल गर्दै प्रथम स्थान प्राप्त गर्न सफल भएको हो ।

यसैबिच खेलकुद सप्ताहको समापन समारोह रोटरी क्लब अफ तुलसीपुर सिटीका अध्यक्ष सुरेश हमालको अध्यक्षता तथा रोटरी क्लबका ड्रिस्टिक थ्रीटु नाईन टु कुशल तर्तालको प्रमुख आतिथ्यमा भएको थियो । कार्यक्रममा रोटरी क्लबका पास्ट प्रिसिडेन्ट तुफानबाबू श्रेष्ठ , अनुपकुमार श्रेष्ठलगायतकाले बोलेका थिए ।

रोट्रयाक्ट क्लब तुलसीपुरका अध्यक्ष प्रमिस लामिछानेको स्वागत रहेको कार्यक्रममा बिजेता खेलडीहरुलाई ट्रफी तथा प्रमाणपत्र प्रदान गरिएको थियो । कार्यक्रमको संचालन रोटरी क्लब अफ तुलसिपुर सिटीका महासचिव देबेन्द्र केसीले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*