Home / Feature Breaking news / प्रदेशका सवै स्थानीय तहमा कोसेली घर : मन्त्री पौडेल

प्रदेशका सवै स्थानीय तहमा कोसेली घर : मन्त्री पौडेल

दाङ,२५ पुस । लुम्विनी प्रदेशका भूमि ब्यवस्था, कृषि तथा सहकारी मन्त्री आरती पौडेलले स्थानीय उत्पादनको बृद्धि गरी त्यसको बजारीकरणका लागि प्रदेशका सवै स्थानीय तहमा कोशेली घर स्थापना गर्ने बताएकी छिन ।

दाङको घोराहीमा रहेको सर्वोत्तम बहुउद्देश्यीय सहकारी संस्था लिमिडेडको छैठांै बार्षिक साधारणसभा तथा तेस्रो अधिसेशनलाई सम्वोधन गर्दै मन्त्री पौडेलले स्थानीय उत्पादनमा बृद्धि गरी बजारीकरणका लागि लुम्विनी प्रदेशका १ सय ९ वटा पालिकामा कोशेली घर स्थापनका गर्ने गरी काम अघि बढेको बताएकी हुन ।

‘प्रदेश सरकारले किसानहरुले उत्पादन गरेका उत्पादनलाई बजारीकरण गरी आर्थिक वृद्धिका लागि प्रदेशका सवै स्थानीय तहमा कोसेली घर स्थापना गर्दैछ’–उनले भनिन्–‘त्यसका लागि प्रदेश सरकारले काम गरिरहेको छ। अव छिट्टै स्थापना हुनेछ ।’

किसानको उत्पादनले बजार नपाएको तर उपभोक्ताले महंगोमा खरिद गर्नुपर्ने बाध्यता रहेको भन्दै मन्त्री पौडेलले त्यसको अन्त्यका लागि प्रदेशका सवै जिल्लामा सहकारी बजार शुरु गर्ने गरी प्रदेश सरकारले काम अघी बढाएको बताइन ।

कोरोना भाइरसका कारण बेरोजगार भएकाहरुलाई लक्षित गरेर लुम्विनी प्रदेशमा कार्यक्रम शुरु भएको भन्त्री पौडेलको भनाई थियो । उनले सरकारले दिने गरेको अनुदानलाई थप प्रभावकारी बनाउनका लागि उत्पादनमा आधारित अनुदान दिन थालिएको बताइन । मह उत्पादन गर्ने किसान र खसी पालन गर्ने किसानहरुलाई प्रति किलो २५ रुपैयाका दरले अनुदान दिन थालनी गरिएको उनको भनाई थियो ।

सहकारीका माध्यमबाट नेपालमा धेरै काम गर्न सकिने चर्चा गर्दै मन्त्री पौडेलले अहिलेपनि सहकारीहरु आफ्नो उद्देश्य अनुसारको काम नगरेको गुनासो गरिन । सर्वोत्तम बहुउद्देश्यीय सहकारी संस्थाले प्रदेश सरकारको पुरक अनुदानमा दाङको घोराहीमा सहकारी बजार सञ्चालनमा ल्याएको छ ।

पौडेलको नेतृत्वमा नयाँ कार्यसमिति गठन

साधारण सभाले आगामी चार बर्षका लागि ध्रुवराज पौडेलको अध्यक्षतामा नौ सदस्यीय नयाँ संचालक समिति आम सहमतिबाट चयन गरिएको छ । नवगठित संचालक समितिको उपाध्याक्षमा सालिकराम खनाल, सचिवमा हेमराज शर्मा र कोषाध्यक्षमा गुरुप्रसाद खनाल रहनु भएको छ ।

सदस्यहरुमा दिनेश गौतम, रश्मी पाण्डे धिताल, शिबराज खनाल, युबराज थपलीया र युमाया अधिकारी रहेका छन् । यसैगरी साधारणसभाले लेखा सुपरीवेक्षण समितिको संयोजक खिमराज खनाल र सदस्यहरुमा शशीधर पौडेल र सम्झना भुषाललाई निर्वाचित गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*