Home / Feature Breaking news / तुलसीपुरमा खुला भलिबल प्रतियोगिता : एपिएफको बिजयी सुरुवात

तुलसीपुरमा खुला भलिबल प्रतियोगिता : एपिएफको बिजयी सुरुवात

लक्ष्मण बस्नेत
तुलसीपुर,२३ पुस । दाङको तुलसीपुरमा बिहीवारदेखि खुला भलिबल प्रतियोगिता–२०७७ सुरु भएको छ ।

स्वतन्त्र युवा क्लब तुलसीपुर ६ राजापुरको आयोजनामा तुलसीपुर अरनिको मैदानमा संचालित प्रतियोगिताको उद्घाटन गण्डकी प्रदेश सभा सदस्य माननीय सासद राजिव गुरुङ (दिपक मनाङे ) ले गरेका हुन ।

स्थानियस्तरमा भलिबल खेलको पहुँच अभिवृद्धि गर्दै प्रतिभावान खेलाडीको पहिचान र बिकासमा टेवा पुर्‍याउने गर्ने उद्देश्यका साथ आयोजना गरिएको प्रतियोगितामा सशस्त्र प्रहरी बल प्रदेश न ५ ले बिजयी सुरुवात गरेको छ । उद्घाटन खेलमा ग्रेट अरनिको माबी तुलसीपुरलाई २५÷१२ र २५÷२३ को सोझो सेटमा पराजित गर्दै सशस्त्र प्रहरी बल प्रदेश न ५ ले बिजयी सुरुवात गरेको हो ।

प्रतियोगिता अन्तरगत शुक्रवार सिद्ध कुमाख र सुस्ता नवलपरासी र द ब्रेभ गोरखा ट्रेनिङ सेन्टर घोराही १५ र राप्ती बबई क्याम्पस तुलसीपुर भिड्नेछन् । खेल बिहान ८ बजेदेखि हुनेछ ।

बिश्वब्यापी रुपमा फैलिएको कोरोना भाईरसका कारण ठप्प बनेको जिल्लाको खेल गतिबिधी लाई चलाएमान बनाउन सुरक्षा सम्बन्धित सम्पुर्ण मापदण्ड अपनाउदै आयोजित प्रतियोगिता को बिजेता टिमले नगद ५० हजार,कप, मेडल,प्रमाणपत्र हात पार्नेछ । त्यस्तै उपबिजेता टिमले नगद २५ हजार तथा प्रमाणपत्र र तृतीय हुने टिमले नगद १५ हजार, प्रमाणपत्र हात पार्ने आयोजकले जानकारी दिएको छ । तीन दिनसम्म चल्ने प्रतियोगितामा २१ टिमको सहभागिता रहेको छ । प्रतियोगिता अबधिभर रेफ्रीको भुमिकामा भलिबलका राष्ट्रिय रेफ्री हरिश ओली र भलिबलका सहायक प्रशिक्षक भीम डाँगीलगायत रहेका छन् ।

यसैविच प्रतियोगिताको उद्घाटन समारोह आयोजक क्लबका अध्यक्ष संदिप गौतमको अध्यक्षता तथा गण्डकी प्रदेश सभा सदस्य माननीय सासद राजिव गुरुङ (दिपक मनाङे ) को प्रमुख आतिथ्य एवं अन्तर्राष्ट्रिय जनककुमार बाठामगर जेकेको बिशिस्ट आतिथ्य मा भएको थियो । प्रतियोगिताका संयोजक एच आर मगरको स्वागत रहेको कार्यक्रमको संचालन खेल पत्रकार लक्ष्मण बस्नेतले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*