Home / Feature Breaking news / साझा उमेद्वारलाई मतदान गरौँ

साझा उमेद्वारलाई मतदान गरौँ

दाङ, १९ पुस
दाङ जिल्ला उद्योग वाणिज्य संघको सोमवार हुने निर्वाचनमा सर्वदलिय सर्वपक्षीय सहमतिमा उमेद्वारी दिएका अध्यक्ष पदमा टंकसिंह बुढाथोकी र कोषाध्यक्ष पदमा सुशील पोख्रेललाई मतदान गर्न प्रजातान्त्रिक उद्यमी संघ र नेकपा दाङ उद्योग विभागले सम्पूर्ण मतदाता व्यवसायीहरुमा अनुरोध गरेको छ । नेकपा दाङ उद्योग विभाग पु्रमुख गेहेन्द बस्नेतले विश्वव्यापी रुपमा फैलिएको कोरोना भाईरसको कारण साझा प्रयासमा सहमतिको प्रयास गरेको तर केही व्यक्तीहरुको स्वार्थका कारण निर्वाचनमा जान बाध्य भएको हुदा साझा उमेद्वारहरुलाई मतदात गर्न अनुरोध गर्नुभएको छ । ‘दाङ जिल्ला उद्योग वाणिज्य संघको २० पदमध्य १८ पदमा सहमति भईसकेको प्रजातान्त्रिक र बामपन्थी व्यवसायीहरुको एकताकासाथ सहमति भएको समयमा पनि केही व्यक्तीहरुको स्वार्थका कारण हामी निर्वाचनमा जान बाध्य भएका छौ’ बस्नेतले भन्नुभयो– ‘भोली सोमवार हुने दाङ जिल्ला उद्योग वाणिज्य संघको निर्वाचनमा हामी सबै व्यवसायीका साझा उमेद्वार अध्यक्षमा टंकसिंह बुढाथोकी र कोषध्यक्षमा सुशील पोख्रेललाई मत दिएर विजयी बनाउन सम्पूर्ण व्यवसायी मतदाताहरुमा अनुरोध गर्दछु ।’
प्राजातान्त्रिक उद्यमी संघका अध्यक्ष गुरुप्रसाद कडेलले दाङ जिल्ला उद्योग वाणिज्य संघ व्यवसायीहरुको छाता संस्था एवं साझा थलो भएकाले सोही अनुसार एकताका साथ सम्पूर्ण विचार राख्ने व्यवसायीहरुको निर्णयबाट सहमति भएपनि केही व्यक्तीहरुको कारण मतदानमा जानु परेको बताउदै साझा उमेद्वारहरुलाई मतदान गर्न अनुरोध गर्नुभएको छ । ‘हामी सबैले सर्वदलिय सर्वपक्षीय निर्णयबाट व्यवसायीक हकहितकालागी र सूथागत विकासकालागी काम गर्न सक्ने योग्य उमेद्वारहरु छनोट गरेका छौँ’ कडेलले भन्नुभयो– ‘हामी सम्पूर्ण व्यवसायीका साझा उमेद्वारहरु अध्यषमा टंकसिहं बुढाथाकी र कोषाध्यक्षमा सुशील पोख्रेललाई सोमवार निर्वाचनमा मतदात गरि विजयी बनाउनु सम्पूर्ण उद्योगी व्यवसायी मतदाताहरुमा अनुरोध गर्दछु ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*