Home / Feature Breaking news / वृद्धआश्रमलाई मञ्चद्वारा खाद्यान्न सहयोग

वृद्धआश्रमलाई मञ्चद्वारा खाद्यान्न सहयोग

दाङ, १६ पुस । बीपी कोइराला युवा नेतृत्व विकास मञ्च दाङले वृद्धवृदाहरुलाई खाद्यान्न सहयोग गरेको छ । मञ्चले राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका अवसरमा घोराही उपमहानगरपालिका–१६ तेरौटेस्थीत ज्येष्ठ नागरिक सरोकार केन्द्रद्वारा सञ्चालित द्रोपता कुमारी लोहनी लक्ष्मी नारायण वृद्धआश्रमलाई खाद्यन्न सहयोग गरेको हो ।

बीपी कोइराला युवा नेतृत्व विकास मञ्च दाङ र मञ्चको क्षेत्र नं. २ को कार्यसमितिले सयुक्त रुपमा वृद्धआश्रमका लागि आवश्यक पर्ने चामल, दाल, तेल, नुनलगायत खाद्यान्न सहयोग गरेका हुन । उक्त सामग्री वीपी कोइराला युवा नेतृत्व विकास मञ्च दाङका अध्यक्ष सरोज शाह, तरुण दलका क्षेत्र नं. २का अध्यक्ष नारायण जिएम, मञ्चका क्षेत्रीय अध्यक्ष लेखनाथ बुढाथोकीलगायतले हस्तान्तरण गरेको मञ्चका जिल्ला सचिव अमरक्षितिज भण्डारीले जानकारी दिएका छन् ।

मेलमिलाप दिवसका अवसरमा रचनात्मक कार्य गर्ने उद्देश्यले वृद्धआश्रमलाई खाद्यान्न सहयोग गरेको मञ्चका अध्यक्ष शाहले जानकारी दिए । सहयोग कार्यक्रममा मञ्चका जिल्ला सदस्य खुमा खड्का, बमबहादुर खड्का,भरत चौधरी, बलदेव मल्ल, लिला नेपाली,मञ्चका क्षेत्रीय सदस्य तिलक क्षेत्रीलगायको उपस्थीति रहेको थियो ।

यसैविच बीपी कोइराला युवा नेतृत्व विकास मञ्च दाङले विहिवार विहान घोराहीमा रहेको वीपी कोइरालाको शालिकमा माल्यार्पन गरेको थियो । घोराही उपमहानगरपालिका–१५ को बीपी चोकमा रहेको नेपाली कांग्रेसका सस्थापक एव सालिक परिसर सरसफाईसँगै शालिकमा माल्र्यापन गरेको हो ।

उक्त कार्यक्रममा बीपी कोइराला युवा नेतृत्व विकास मञ्च दाङका जिल्ला अध्यक्ष सरोज शाह, नेपाली कांग्रेस घोराही उपमहानगरपालिका वडा नं. १५ का सभापति प्रकाश श्रेष्ठ, नेपाल विद्यार्थी संघ दाङका पूर्व अध्यक्ष राजकुमार धिताललगायतकालगायत मञ्चका जिल्ला तथा क्षेत्रीय पदाधिकारीहरुको उपस्थीतिमा कार्यक्रम गरिएको थियो ।

२०३३ पुस १६ गते तत्कालीन कांग्रेस सभापति वीपी कोइराला र नेता गणेशमान सिंह राजासँग विद्रोह होइन मिल्नुपर्छ भन्दै मेलमिलापको नीति लिएर नेपाल फर्किएका थिए । सोही दिनलाई कांग्रेसलगायतका उसका भातृसंगसंगठनहरुले राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका रुपमा मनाउँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*