Home / Feature Breaking news / निर्वाचनका लागि मत माग्न घरदैलो

निर्वाचनका लागि मत माग्न घरदैलो

दाङ,१६ पुस । दाङ जिल्ला उद्योग बाणिज्य संघको यहि पुस २० मा हुन लागेको निर्वाचन होला भन्ने आँकलन कमै थियो । बर्षेनी कांग्रेस समर्थित ब्यवसायि र कम्यूनिष्ट समर्थित ब्यवसायिहरुको नेतृत्व जमाउने होडका कारण लामो समयसम्म संघको नेतृत्वका लागि चुनाव हुँदै आयो । तर दशक पछि उद्योग बाणिय संघले सहमतीय आधारमा नेतृत्व पाउने ईतिहाँस कोरिँदै थियो ।

तर यो सम्भावनालाई केहि ब्यक्तिगत मनोकांक्षाले टारिदियो । पुस २० मा उद्योग वाणिज्य संघको दुई पद अध्यक्ष र कोषाध्यक्षका लागि मात्रै मतदान हुँदै छ । बाँकी अन्य सबै पदमा सर्वसम्मत चयन भैसके । अध्यक्ष र कोषाध्यक्ष पदमा बिगतमा जस्तो कांग्रेसी र कम्युनिष्ट निकटस्थ ब्यवासायिहरु भिड्दै भने छैनन् । कांग्रेस निकटस्थ ब्यवसायिहरु ‘बागी’ थापिएर आफ्नाले आफ्नैलाई अड्को थाप्ने काम उबासंघमा भैरहेको छ ।

कांग्रेस लगाएत सबै राजनीतिक दलका साझा उम्मेदवार तोकिए अध्यक्षमा टंकसिंह बुढाथोकी अनि कोषाध्यक्षमा सुशील पोख्रेल । तर कांग्रेस समर्थित बसन्त जोशी र कोषाध्यक्षमा धनपती शर्मा । आफ्नै पार्टीका आधिकारीक उम्मेदवार बिरुद्ध मैदानमा उत्रिएका उनिहरुले अन्तिम समय सम्म उम्मेदवारी फिर्ता लिन मानेनन् । अन्ततः उवासंघको अध्यक्ष र कोषाध्यक्ष दुई पदका लागि मात्रै निर्वाचन गर्नुपर्ने अवस्था सृजना भयो ।

पार्टीगत रुपमा आधिकारीक उम्मेदवार चुनिएका बुढाथोकी र सुशील पोख्रेलले चुनावी प्रचार अभियान थालेका छन् । उनिहरुले संगसंगै मतदाताको घरदैलोमा पुगेर आँफूहरुलाई सहयोगका लागि अपिल गरिरहेका छन् । ब्यवासयिक हकहितका चुनावी अजेण्डा लिएर मतदाताको दैलोमा पुगेका उनिहरुले बिगतका आफ्ना कामहरुलाई समेत फेहरिस्त कहिरहेका छन् । ‘हामीहरु साझा उम्मेदवार हौँ,’ चुनावी प्रचारका क्रममा अध्यक्ष पदका उम्मेदवार बुढाथोकीले मतदातालाई भने ‘हामीहरुले विगतमा गरेका कामहरुको समिक्षा हेर्नुस् अनि हाम्रो कामलाई मुल्यांकन गरेर मतदान गर्नुस् ।’

आँफूहरु व्यवसायिक एकताका लागि जहिल्यै लागि परेको प्रष्ट पारेका उनले भने ‘सहमतीमा नेतृत्व चयन हुने यो अवसर केहि साथीहरुको व्यक्तिगत मनोकांक्षाले तुहियो, हामी सबै व्यवसायिका लागि यो दुखको कुरा हो ।’ सबैको सहमतीमा आँफू उम्मेदवार भएको भएपनि आफ्नै सहकर्मीहरुबाट धोका भएको भन्दै उनले चुनावी परिणामनै यसको गतिलो जवाफ बन्ने वताए ।

यस्तै कोषाध्यक्ष पोख्रेलले आँफू कोषाध्यक्ष भएकाबेला संघमा भएको आर्थिक लाभ आफ्नो ठूलो योगदान रहेको स्मरण गरे । सबै आस्थावान व्यवससायिहरुको आँफ साझा उम्मेदवार भएको भन्दै उनले पनि चुनावमा आँफूलाई बिजयी गराउन अपिल गरे । ‘म कोषाध्यक्षको आधिकारीक उम्मेदवार हो, यतिमात्रै हैन, सबैको साझा उम्मेदवार पनि हो,’ उनले भने ‘यसर्थ यो चुनावमा मेरो पक्षमा सबै व्यवसायिहरु एक भएर लागिदिनु हुनेछ भन्ने विश्वास छ ।’

यसैविच आफ्नै पार्टीका आधिकारीक उम्मेदवार बिरुद्ध चुनावमा होमिएका अध्यक्ष पदका उम्मेदवार बसन्त जोशी र कोषाध्यक्ष पदका उम्मेदवार धनपती शर्माले पनि घरदैलो अभियान सुरु गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*