Home / Feature Breaking news / हात,खुट्टा बांगिएका बिरामीको प्रतिष्ठानमा सफल अप्रेसन

हात,खुट्टा बांगिएका बिरामीको प्रतिष्ठानमा सफल अप्रेसन

दाङ,१० पुस । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा पुराना हात, खुट्टा बांगिएर समस्यामा परेका बिरामीहरुको सफल अप्रेसन भएका छन ।

प्रतिष्ठानमा रुकुमका एक जना बालकको चार महिना अगाडि हात भाचिएपछि सामान्य हातमा प्लष्टर गर्दा हात बाङ्गिदै गएपछि उनको बाङ्गिएको हातको सफल अप्रेसन भएको हो ।

पुर्बी रुकुमका ११ बर्षिय बालक सुमन रोका रानाको पुरानो हात बाङ्गिएपछि समस्या हुदै गएको थियो । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानका अस्पताल निर्देशक, हाडजोर्नी विशेषज्ञ डा. सागर पन्थीको चिकित्सक, स्वास्थ्यकर्मी, नर्शको टोलीले बालकको सफल अप्रेसन गरेको हो ।

बालकको स्वास्थ्य अबस्था सामान्य रहेको अस्पतालले जनाएको छ । अस्पताल निर्देशक पन्थीले अहिले प्रतिष्ठानमा पुराना हात,खुट्टा बाङ्गिएकाहरुको सफल अप्रेसन भइरहेको बताए । सामान्य हातमा प्लष्टर मात्रै गर्दा पछि हात, खुट्टा बाङ्गिदै जाने भएकाले सचेत हुन पनि उनले आग्रह गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*