Home / Feature Breaking news / ‘विदेशमा खुट्टा गुमाए, अहिले सचेतना बाँड्दै’

‘विदेशमा खुट्टा गुमाए, अहिले सचेतना बाँड्दै’

लिलाधर वली

दाङ, ६ पुस । पश्चिम दाङको बबई गाउँपालिका–२ शितलपुर निवासी कृष्णबहादुर खत्री २०६१ सालमा पैसा कमाउने आशामा विदेश गए । गाउँमा ऋण काढेर विदेश गएका खत्रीले तीन बर्षमा ८÷९ लाख रुपैयाँ पनि कमाए । त्यही कमाईबाट विदेश जाँदा लागेको ऋण तिर्नुका साथै घर व्यवहार चलाउने काम समेत गरे । र, शितलपुर गाउँमै एउटा घडेरी पनि किने ।

मलेसियाको इलेक्ट्रिक कम्पनीमा काम गर्दा जोखिम भए पनि कमाई राम्रै भएकाले खत्रीसँगै उनको परिवार पनि सन्तुष्टै थियो । त्यही सन्तुष्टिमै तीन बर्ष वितेको पत्तै पाएनन् । राम्रै कमाउँदै गरेका खत्रीलाई २०६४ साल बैशाख महिनामा एउटा बज्रपात आइलाग्यो । त्यो पनि कम्पनीमा काम गर्दाको अन्तिम दिनमा । सायद त्यो दिन काम गर्न नगएको भए अपांग जीवन बिताउनुपर्ने थिइन कि झै लाग्ने गरेको ६५ बर्षीय खत्री बताउँछन् । ‘कम्पनीमा काम गर्ने अन्तिम दिन थियो ।

त्यही भएर तीन बर्षसम्म काम गर्दाका साथीभाइहरुसँग भेटसँगै विदाई मागेर फर्किऊला भनेर अन्तिम दिन पनि काम गर्न गएको थिएँ’, खत्रीले भने– ‘तर त्यही दिन मेरो जीवनमा बज्रपात आइप¥यो र अहिले अपांग जीवन बिताउँदैछु ।’ कम्पनीमा काम गर्दैगर्दा क्रेनले उठाएको फलाम खसेर खत्रीको देव्रे खुट्टामा बजारियो । त्यसपछि उनी बेहोसजस्तै भए । होसमा आउँदा आपूmलाई हस्पिटलमा पाए ।

होसमा आएपछि आफ्नो भाग्यलाई सराप्नुदेखि उनमा अरु केही थिएन । साथीहरुले नै घरमा फोन जानकारी गराए । त्यसपछि करिब ६ महिनामा त्यहीको अस्पतालमा उपचार गराए । उपचार खर्च कम्पनीले नै ब्यहोरिदियो । ६ महिना अस्पतालमा उपचारपछि २०६४ असोजमा घर फर्किएका खत्रीको मनमा उत्साह थिएन न परिवारमा नै थियो । ‘अपांग जीवन लिएर घर त फर्किए तर अब के गर्ने भन्ने चिन्ता थियो । पढाई पनि ५ कक्षासम्म मात्र थियो’, उनले भने– ‘त्यसैले शुरुमा घरमै बसे ।

त्यसपछि पढ्नुपर्छ भन्ने मनमा भावना आयो र पढाईलाई अघि बढाए ।’ गाउँकै एक विद्यालयमा भर्ना भएका खत्रीले गतबर्ष एसईई पास समेत गरेका छन् । तर एसईई पासपछि भने पढाई रोकिएको छ । त्यसको मुख्य कारण अहिले पनि घर व्यवहार चलाउनेदेखि छोराछोरीको पढाई खर्च उनैको उनैको जिम्मेवारीमा छ । ‘आफूले ठूला काम गर्न नसके पनि घरको मुली मै हो, त्यसैले घर व्यवहारको जिम्मेवार छ’, उनले भने– ‘त्यसैले आफूले नपढेर छोराछोरीलाई पढाउने काम गरे ।

खत्रीका दुई छोरा र एक छोरी रहेका छन । छोरीको भर्खरै विहे भइसकेको छ भने जेठो छोराले बीए र कान्छो छोराले १२ पढ्दैछन् । ‘माथिल्लो कक्षा पनि पढ्न मन थियो तर छोराहरुलाई पनि पढाउनुपर्ने बाध्यता भयो’, उनले भने– ‘त्यसैले आफूले कमाएको पैसाले खर्च नटर्ने भएपछि अहिले आफूले छोडेर २ छोरालाई पढाउँदैछु ।’

विदेशबाट फर्किएपछि पढाईसँगै घरको काममा परिवारलाई सघाउँदै आएका खत्रीले गतबर्षदेखि सुरक्षित आप्रवासन परियोजना सामीको स्वयंसेवकका रुपमा बैदेशिक रोजगारसम्बन्धी सचेतना फैलाउने काम गर्दै आएका छन् । बबई गाउँपालिकाबाट विदेशमा गएका मानिसहरुको तथ्याङ्क संकलनदेखि रोजगारीका लागि विदेशमा जान थालेका युवायुवतीलाई विदेश जाँदा अपनाउनुपर्ने सावधानीसँगै विदेशमा अलपत्र परेका व्यक्तिहरुको घरपरिवारसँग सम्पर्क गरेर सूचना केन्द्रलाई जानकारी गराउने समेत काम गर्दै आएका छन् ।

आफूले भोगेको समस्यासँगै मिल्ने काम गर्न पाउँदा खत्री खुशी छन् । ‘हेर्दा सामान्य जस्तो लाग्ने गरे पनि काम महत्वपूर्ण छ’, खत्रीले भने– ‘त्यसैले मैले गाउँघरमा विदेश गएका व्यक्तिहरुको परिवारसँगै विदेश जान चाहने युवालाई भेटेर विदेश जाँदा अपनाउनुपर्ने चाहिने ज्ञान, सीपसँगै सावधानी अपनाउन आग्रह गर्दै आएको छु ।’ तर यसरी हरेक व्यक्तिहरुलाई बैदेशिक रोजगारीसम्बन्धी सचेतनाको काम गर्दा समेत कतिपय व्यक्तिले नराम्रो व्यवहार गर्दा भने मन दुख्ने गरेको खत्रीले बताए ।

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*