Home / Feature Breaking news / संसद खुलेलगत्तै उपसभामुख निर्वाचनको मुद्दा ब्युँताउँदै कांग्रेस

संसद खुलेलगत्तै उपसभामुख निर्वाचनको मुद्दा ब्युँताउँदै कांग्रेस

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संवैधानिक परिषद सम्बन्धी अध्यादेश तुरून्त फिर्ता लिन सरकारलाई आग्रह गरेको छ।

सरकारले संसद छलेर अध्यादेश ल्याएको भन्दै शुक्रबार बसेको संसदीय दलको बैठकले उक्त अध्यादेश फिर्ता लिनुपर्ने बताएको हो।

छ सदस्यीय संवैधानिक परिषदमा तीन सदस्य मात्रै भए पनि निर्णय गर्न सक्ने गरी सरकारको सिफारिसमा हालै राष्ट्रपतिले अध्यादेश जारी गरेकी थिइन्।

अध्यादेशलाई लिएर सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाभित्रै विवाद छ। नेकपा स्थायी कमिटीले अध्यादेश फिर्ता लिन सरकारलाई निर्देशन पनि दिएको थियो।

तर सरकारले अध्यादेश फिर्ता लिइसकेको छैन।

कांग्रेस सचेतक पुष्पा भुसालले आजको बैठकमा समसामयिक राजनीति बारेमा छलफल गरिएको जानकारी दिइन्।

‘संविधानको खिलाप हुने गरी आएको अध्यादेश फिर्ता गर्नुपर्छ,’ उनले सेतोपाटीसँग भनिन्।

कांग्रेसले संसद अधिवेशन डाक्न पनि माग गरेको छ।

संसद बैठक चलेपछि उपसभामुखको निर्वाचन नगरे संसद चल्न नदिनेमा पनि कांग्रेस छ।

‘संसद अधिवेशन बोलाउन कांग्रेसले निवेदन दिँदैन। विशेष अधिवेशन बोलाउने भए पो निवेदन दिने१,’ उनले भनिन्, ‘नियमित नै संसद बैठक बोलाउनुपर्ने बेला भइसकेको छ।’

संसद बैठक बोलाएर संविधानको पालना गर्न पनि कांग्रेसले सरकारसँग आग्रह गरेको छ।

‘सरकारले छिटोभन्दा छिटो अधिवेशन आह्वान गर्नुपर्छ,’ उनले भनिन्।

उपसभामुखको निर्वाचनलाई बटमलाइनका रूपमा अगाडि बढाउन पनि कांग्रेसको तयारी छ।

‘उपसभामुख निर्वाचनबारे गम्भीरतापूर्वक छलफल भयो। यसबारे संसद खुलेपछि थप प्रक्रिया अगाडि बढाउँछौं,’ उनले भनिन्।

प्रमुख सचेतक बालकृष्ण खाँणले संसद बैठक बोलाउनुपर्नेमा जोड दिए।

‘बैठक माग्दै लिखित निवेदन दिने अवस्थामा हामी पुगिसकेको छैन,’ उनले भने।

निवेदन नै दिनुपर्ने अवस्था सिर्जना भएमा अन्य राजनीतिक दलसँग पनि छलफल गर्नुपर्ने उनले बताए।

‘निवेदन दिनेवित्तिकै कुनै एउटा विषयमा बैठक केन्द्रीत हुन्छ। नियमित बैठक नै बोलाउनुपर्ने बेला भइसकेकोले अब निवेदन दिइराख्नु पर्दैन,’ उनले भने।

सरकारले संवैधानिक परिषद सम्बन्धी अध्यादेश ल्याएपछि विरोध गर्दै सभापति शेरबहादुर देउवा बैठकमा गएका छैनन्।

यसअघि बसेको पदाधिकारी र पूर्वपदाधिकारी बैठकले अध्यादेश फिर्ता गरी संसद बैठक बोलाउन सरकारसँग माग गर्ने निर्णय गरेको थियो।

खाँणका अनुसार संसद खुलेपछि उपसभामुख निर्वाचन स्वतस् मुद्दा बन्छ। संवैधानिक परिषद सदस्यमा उपसभामुख पनि रहने व्यवस्था छ।

उपसभामुख चयनपछि मात्रै अब संवैधानिक परिषद बैठकमा जाने तयारीमा कांग्रेस छ।

तत्कालीन उपसभामुख शिवमाया तुम्बाहाङ्फेले गत पुस २६ गते राजीनामा दिएपछि यो पद रिक्त छ। संविधानअनुसार फरक पार्टीबाट सभामुख र उपसभामुख हुनुपर्ने व्यवस्था छ।

नेकपाबाट अग्निप्रसाद सापकोटा सभामुख निर्वाचित भएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*