Home / Feature Breaking news / नेपाल महिला सामुदायिकको २७ औँ साधारण सभा

नेपाल महिला सामुदायिकको २७ औँ साधारण सभा

दाङ, ३ पुष

नेपाल महिला सामुदायिक सेवा केन्द्रको २७ औँ बार्षीक साधारण सभा वुधवार सम्पन्न भएको छ । संस्थाका अध्यक्ष कल्पना न्यौपानेको अध्यक्षता एवं संस्थाका संस्थापक अध्यक्ष विमला योगीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा वार्षीक प्रतिवेदन संस्थाका सचिव शिवा योगी र कोषाध्यक्ष देवा जिसीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

संस्थाले द्धन्दप्रभावित विपन्न तथा जेहेन्दार एक हजार बालबालिकाहरुलाई नर्सरीदेखी उच्च तथा प्राविधीक तहको शिक्षामा नियमीत सहयोग, महिला तथा बालिबालिकाहरुको मानसिक तथा शारिरिक स्वास्थ्य उपचार, लैंगीक हिंसा पुनस्र्थापना केन्द्र स्थापना एवं हिंसा प्रभावित महिलाहरुलाई स्वरोजगार कार्यक्रममा आवद्धता, निशुल्क मनोसामाजिक परामर्श सेवा प्रदान, पाँच वटा सामुदायिक सहकारीहरु स्थापना, वन तथा वातावरण संरक्षणमा सहयोग गरेको संस्थाका सचिव शिवा योगीले जानकारी दिनुभयो ।

कोरोना भाईरस संक्रमणको समयमा दाङ, रोल्पा, प्यूठान, सल्यान लगायतका जिल्लाका स्थानीय तहहरुको समन्वयमा स्थानीय तह एवं विपन्न परिवारलाई खाद्यान्य र स्वास्थ्य सामाग्री सहयोग गरिएको पनि उहाँल्े जानकारस् दिनुभयो । सो समयमा क्वारेन्टाईन, आईसोलेशनमा रहेका व्यक्तीहरुलाई नियमीत मनोपरामर्श सेवा एवं महिलाहरुलाई सेनेटरीप्याड एवं बालबालिकाहरुलाई पौष्ट्रिक आहारहरु सहयोग गरिएको योगीले जानकारी दिनुभयो ।

यसैगरि कोरोना भाईरसको महामारीको समयमा रहेको हुन सक्ने मानसिक तनाब व्यवस्थापनाकालागी आत्मबल बढाउने कार्यक्रमहरु सञ्चालन गरेको पनि जानकारी दिनुभयो । यसैगरि संस्थाले द्धन्दप्रभावित महिलाहरुकालागी सञ्चालन भएको महिला शान्ति र सुरक्षा कार्यक्रम अन्तरगत जिल्लाका विभिन्न स्थानमा महिलाहरुलागी आर्थिक एवं सामाजिक सशक्तीकरणकालागी व्यवसायीक तालिमहरु सञ्चालन गरेको सचिव योगीले बताउनुभयो । राष्ट्रिय तथा अन्तराष्ट्रिय दिवशहरुमा स्थानीय तहहरुसँगको समन्वयमा सचेतनामूलक कार्यक्रमहरु सञ्चालन गरेको र कोरोना भाईरस संक्रमणको समयमा सुरक्षा निकायहरुलाई तनाब व्यवस्थापन व्यवस्थापन अभिमूखीकरण कार्यक्रम सञ्चालन गरिएको सचिव योगीले जानकारी दिनुभयो ।

संस्थाले मावि सेवार बनगाँउमा १२ लाखको लगानीमा सभाहल निर्माण गरेको संस्थाका अध्यक्ष कल्पना न्यौपानेले जानकारी दिनुभयो । संस्थाले बाल तथा महिला अधिकार, महिला स्वास्थ्य प्रर्वद्धन, बालबालिकाहरुलाई शिक्षामा पहुँच अभिवृद्धि, प्रर्यावरण संरक्षण, गरिबी निवारणको लागी उद्यमशीलता, महिला हिंसा विरुद्ध सचेतना र विपत व्यवस्थापनका मुख्य सात वटा आधारभुत क्षेत्र भित्र रही विविध सामाजिक क्रियाकलापहरु सञ्चालन गर्दै आएको संस्थाका अध्यक्ष न्यौपानेले जानकारी दिनुभयो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि संस्थापक अध्यक्ष विमला योगीले शिक्षीत तथा स्वाभलम्वी महिला समाजको निर्माण गर्ने परिकल्पना, स्थानीय सिप तथा श्रमको उपयोग गरेर सामाजिक तथा आर्थिक सशक्तिकरण गर्ने ध्यय र लक्ष्यका साथ २०५० सालमा स्थापना भएको नेपाल महिला सामुदायिक सेवा केन्द्रले समाज परिवर्तनकालागी अतुलनिय योगदान गरेको बताउनुभयो । २७ वर्षको यस अवधिमा संस्थाले समानता न्याय र शान्ति स्थापनाका क्षेत्रमा सामाजिक रुपान्तरण गर्दै सिमान्तकृत र वित्तिय पहुच नभएका महिलाहरुको आर्थिक शसक्तीकरणकालागि धेरै सकारात्मक कार्यहरु गर्दै आएको योगीले बताउनभयो ।

समाजमा विश्वासीलो एवं भरपर्दो संस्थाको रुपमा नेपाल महिला सामुदायिक सेवा केन्द्रले आफ्नो पहिचान स्थापना गर्न सफल भएको उहाँले बताउनुभयो । महिला तथा बालबालिकाको स्वास्थ्य र शिक्षामा संस्थाले स्थापनाकालदेखी नै निरन्तर कार्यहरु गरिरहेको पनि योगीको भनाई थियो । उहाँले संस्थाले महिलाहरुको आर्थिक शसक्तीकरणकालागी सुरु गरेको लघुवित्त कार्यक्रम महिला सामुदायिक लघुवित्त वित्तीय संस्था लिमीटेडको स्थापना गरि हालमात्र पोखराको जल्पा लघुवित्त वित्तीय संस्थासँगको मर्जरसँगै राष्ट्रिय स्तरको लघुवित्त वित्तीय संस्था बन्न सफल भएको बताउनुभयो ।

कार्यक्रमका विशिष्ठ अतिथि संस्थापक कोषाध्यक्ष शारदा शर्माले संस्थाको रणनिति पुरा गर्नकालागी सञ्चालक समिति एवं कर्मचारीहरु निरन्तर लागीपर्नुपर्ने बताउनुभयो । संस्थाले समुदायमा सकारात्मक भूमीका खेलेको उहाँले पंशसा व्यक्त गर्नुभयो ।

कार्यक्रममा संस्थाको विकासकालागी योगदान पु¥याउने समाजिक विकास अधिकृत लक्ष्मी गुप्तालाई उत्कृष्ट कर्मचारीको रुपमा सम्मान गरिएको थियो । संस्थाका उपाध्यक्ष विष्णु गिरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण संस्थाका सचिव शिवा योगीले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*