Home / Feature Breaking news / प्रधानमन्त्रीले फेरि बोलाए संवैधानिक परिषद्को बैठक, देउवा नजाने

प्रधानमन्त्रीले फेरि बोलाए संवैधानिक परिषद्को बैठक, देउवा नजाने

दाङ,२ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेश फिर्ता लिने सहमति गरेकै भोलिपल्ट संवैधानिक परिषद्को बैठक बोलाएका छन् ।

प्रधानमन्त्री ओलीले बुधबार मात्र सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीमा अध्यादेश फिर्ता लिने सहमति गरेका थिए । नेकपा स्थायी कमिटीले पनि अध्यादेश फिर्ताको निर्णय गरेको थियो ।

तर बिहीबारसम्म अध्यादेश फिर्ताको सूचना राष्ट्रपति कार्यालयबाट आएको छैन । प्रधानमन्त्री ओलीले बिहीबार नै संवैधानिक बैठक बोलाएका छन् ।

विपक्षी दलका नेता शेरबहादुर देउवालाई साँझ ५ बजे बैठकका लागि बोलाइएको उनी निकट स्रोतले बताएको छ । बैठक किन बोलाइएको भन्ने खुलेको छैन । यसअघि जस्तो औपचारिक पत्र पठाउनुको साटो टेलिफोनबाटै बैठकको सूचना दिइएको छ ।

तर कांग्रेस सभापति देउवा भने नजाने भएका उनीनिकट स्रोतले जनाएको छ ।

प्रधानमन्त्री अध्यक्ष रहने संवैधानिक परिषदमा सभामुख, राष्ट्रियसभाका अध्यक्ष, प्रधानन्यायाधीश, विपक्षी दलका नेता र उपसभामुख सदस्य रहन्छन् । परिषदले विभिन्न संवैधानिक अंगका पदाधिकारी नियुक्तिका लागि सिफारिस गर्ने गर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*