Home / Feature Breaking news / संवैधानिक परिषद्‌सम्बन्धी अध्यादेश जारी, उपस्थित बहुमतले निर्णय गर्न सक्ने व्यवस्था

संवैधानिक परिषद्‌सम्बन्धी अध्यादेश जारी, उपस्थित बहुमतले निर्णय गर्न सक्ने व्यवस्था

काठमाडौं । उपस्थित संख्याको बहुमतले निर्णय गर्न सक्ने व्यवस्थासहितको संवैधानिक परिषद्‌सम्बन्धी अध्यादेश जारी भएको छ ।

राष्ट्रपति कार्यालयले अध्यादेश केहीबेरअघि जारी भएको सूचनामार्फत जनाएको छ । संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७७ जारी गरिएको राष्ट्रपति कार्यालयका प्रवक्ता बद्रीनाथ अधिकारीले जानकारी गराएका छन् ।

यसअघि मंगलबार बिहान बोलाएको संवैधानिक परिषद् बैठकमा सभामुख नगएपछि प्रधानमन्त्रीले मन्त्रिपरिषद्को बैठक बोलाएर अध्यादेश जारी गर्ने निर्णय गराएका थिए । तर उच्च स्रोतका अनुसार अघिल्लै बैठकबाट यो निर्णय गराइएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*