Home / खेलकुद / रोल्पा आईटिएफ तेक्वान्दोको प्रशिक्षकमा कुवँर

रोल्पा आईटिएफ तेक्वान्दोको प्रशिक्षकमा कुवँर

दाङ,२८ मंसिर । रोल्पा आईटिएफ तेक्वान्दो संघले करारमा प्रशिक्षक नियुक्ति गरेको छ । रोल्पा जिल्लामा तेक्वान्दो खेलको विकास र विस्तारका लागि रोल्पा आईटिएफ तेक्वान्दो संघले नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघको सहकार्यमा बिरेन्द्र कुवँरलाई प्रशिक्षक नियुक्ति गरिएको हो ।

प्रशिक्षकलाई मासिक तलब भत्ता दिने गरी जिल्लाको तेक्वान्दो खेलको विकासका लागि कुवरलाई प्रशिक्षकको रुपमा नियुक्ति गरिएको रोल्पा आईटिएफ तेक्वान्दो संघका अध्यक्ष विक्रम बाठामगरले बताएका छन् ।

संघले बल्याक बेल्ट तेस्रो डान तेक्वान्दोका प्रशिक्षक कुवरलाई करारमा प्रशिक्षक नियुक्त गरिएको हो । प्रशिक्षक कुवरले यसअधि गुल्मी जिल्लामा ५ वर्ष प्रशिक्षकको जिम्मेवारी बहन गरेका थिए । प्रशिक्षक कुवरले प्रशस्तै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलमा सहभागिता जनाउनुका साथै पदक विजेता समेत हुन ।

उनले भारतको बेंंलोरमा सम्पन्न पाँच औँ साउथ एसियन आमन्त्रित आईटिएफ तेक्वान्दो च्याम्पियनसिपमा ४६.५१ तौल समूहमा एकल स्पाईरिङमा गोल्ड मेदल एकल प्याट्रनमा ब्राउन मेदल टिम प्याट्रनमा सिल्भर मेडल र सेल्फ डिफेन्समा ब्राउन मेदल प्राप्त गरेका थिए। छैटौं दक्षिण एसियाली आईटिएफ तेक्वान्दो च्याम्पियनसिपमा टिम स्पाईरिङ गोल्ड मेडल हात पारेका थिए ।

२०६८ सालमा रोल्पामा स्थापना भएको आईटिएफ तेक्वान्दो संघले विभिन्न गतिविधिहरु गर्दै आएको छ । यसको अझै विकास र विस्तारका लागि केही डोजाङ्गहरुमा प्रशिक्षक कुवँरले प्रशिक्षण सुरु गर्ने संघका सचिव कृष्णप्रसाद बाठामगरले जानकारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*